खेल

गण्डकी प्रदेशको हार र जित

पोखरा  - घरेलु टोली गण्डकी प्रदेशले पोखरामा बिहीबारदेखि सुरु भएको छैटौं महिला तथा सातौं पुरुष बिच भलिबल प्रतियोगितामा हार र जित दुवैको सामना गरेको छ। पोखराको बाराही खेल मैदानमा निर्मित बिच कोर्टमा आयोजित घरेलु कोर्टमा गण्डकीले पुरुषतर्पm जित निकाल्दा महिलामा भने हार बेहोरेको हो। उद्घाटन खेलमा महिलातर्फ सशस्त्र प्रहरी बलको ‘ए’ टोलीले प्रदेश–५ लाई सोझो सेटमा पराजित गरेको छ। एपिएफको ‘ए’ टोलीले २१–१३ र २१–४ को सोझो सेटमा प्रदेश–५ लाई पराजित गर्दै सुखद सुरुआत ग¥यो। महिलातर्पm पुलिस ‘ए’ ले अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलको ‘बी’ टोलीलाई २१–६ र २१–१२ को सेटमा स्तब्ध बनायो।

म्हिलामा नै त्रिभुवन आर्मी क्लबले प्रदेश–३ लाई सोझो सेटमै पन्छ्याएको छ। आर्मीले २१–१३ र २१–६ को सेटमा पराजित गर्दै सुखद नतिजा आत्मसात ग¥यो। पुलिसको ‘बी’ टोलीले गण्डकी प्रदेशलाई पनि २१–१४ र २१–१५ को सेटमा पराजित गरेको थियो। पुरुषको प्रतिस्पर्धामा भने गण्डकीले पुलिसको ‘बी’ टोलीलाई २१–१२, २१–१२ को सेटमा पराजित ग-यो।

आर्मीले कर्णाली प्रदेशलाई २१–५ र २१–१३ को सेटमा पराजित ग¥यो। कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा नेपाल भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा महिलामा १४ र पुरुषतर्पm १७ टोलीले प्रतिस्पर्धा गरेका छन्। खेल लिगकम नकाउटको आधारमा खेलाइएको छ। प्रतियोगिताको नेकपाका सह–अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए। उद्घाटनसँगै अध्यक्ष दाहालले खेलकुदलाई एकताको आधारसँगै समृद्धिको माध्यमको रूपमा हेर्नुपर्ने भन्दै सरकारले अझै पनि खेलकुद क्षेत्रलाई ध्यान दिन नसकेको स्पष्ट पारे। सातै प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको प्रतियोगिता असार ७ गतेसम्म सञ्चालन हुने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए।

‘भलिबलको राष्ट्रिय टोली तयार पार्न राखिएको क्लोज क्याम्पका खेलाडीहरू भने प्रतियोगितामा सहभागी हुन पाउछैन,’ अध्यक्ष पराजुलीले भने,‘अन्य खेलाडीले सम्बन्धित प्रदेशको सिफारिसमा कोर्टमा उत्रिन पाउनेछन्।’ महिला र पुरुषतर्पmका विजेताले समान ३०÷३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो हुनेले २०÷२० हजार र तेस्रोले १०÷१० रुपैयाँ पाउनेछन्। उत्कृष्ट खेलाडीद्वयलाई पनि नगद ३÷३ हजार रुपैयाँ प्रदान गरिनेछ। पोखराको बाराही खेल मैदानमा निर्मित बिच कोर्टमा बिहीबार भएका खेलमा गण्डकीले पुरुषतर्पm जित निकाल्दा महिलामा भने हार बेहो¥यो।

प्रकाशित: ६ असार २०७६ ०३:२८ शुक्रबार

गण्डकी_प्रदेश भलिबल