खेल

अस्ट्रेलियामा सिमोनलाई रजत

काठमाडौं - नेपाली कराते खेलाडी सिमोन खत्रीले अस्ट्रेलियाको मेलबर्नमा भएको भिकेएल सुकोकाइ ओपन कराते च्याम्पियनसिपमा रजत जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा सिमोन फाइनलमा अस्टेलियाका फिलिपसँग पराजित भएपछि स्वर्ण जित्नबाट चुके ।

सिमोनको यो सातांै अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले विभिन्न राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्य जितेका छन् ।
 

प्रकाशित: ३ असार २०७६ ०४:१२ मंगलबार

कराते खेलाडी मेलबर्न रजत