खेल

इक्वेडरमाथि उरुग्वेको सहज जित

बेलो होरिजोन्टी – स्ट्राइकर लुइस स्वारेज र इडिसन काभानीको गोलप्रेरित उरुग्वेले सोमबार कोपा अमरिकामा १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको इक्वेडरमाथि ४–० को सहज जित हात पारेको छ ।

समूह ‘सी’ अन्तर्गत खेलको छैटांै मिनेटमा निकोलास लोडिरोको गोलमा उरुग्वेले अग्रता लिएको थियो । २४औं मिनेटमा रक्षक जस क्वेन्टेरो रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि इक्वेडरले १० खेलाडीमा सीमित हँुदै खेलको अन्त्य गरेको थियो ।

३३औं मिनेटमा काभानीले बललाई जाली चुमाउँदै उरुग्वेको अग्रता दोब्बर पारेका थिए । त्यसको १० मिनेटपछि स्वारेजले उरुग्वेको अग्रता ३–० मा पु¥याएका थिए । खेल सकिन १२ मिनेट बाँकी हुँदा इक्वेडरका अर्टुरो मिनाले आत्मघाती गोल गरेसँगै उरुग्वेले सहज जित पक्का गरेको थियो । ‘हामीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्दा सहज जित पक्का ग¥यांै,’ कोपा अमेरिकाको चौथो सहभागितामा आएर मात्र गोलखाता खोलेका काभानीले भने, ‘यो महŒवपूर्ण उपलब्धि हो ।

समूह ‘सी’ मा उरुग्वे र इक्वेडरका साथै साबिक विजेता चिली र पाहुना टोली जापान पनि रहेको छ । ‘गोलअन्तरले हाम्रो हार फराकिलो देखिए पनि हामी कमजोर टोली पक्कै होइनांै,’ इक्वेडरका प्रमुख प्रशिक्षक हर्नान डारियो गामेजले भने, ‘हामीले पहिलो हाफमा लय गुमायांै । त्यो नै खेलको नतिजा सुम्पिन पर्याप्त बन्यो ।’
यता समूह ‘बी’ मा कतारले उत्कृष्ट पुनरागमनमा पाराग्वेलाई २–२ को बराबरीमा रोकेको छ ।

एसियाली च्याम्पियन कतार जापानसँगै अतिथि टोलीका रूपमा प्रतियोगितमा सहभागी भएको थियो । खेलको चौथो मिनेटमै ओस्कार कोर्डाेजोले पेनाल्टी अवसर सदुपयोग गर्दा पाराग्वे खेलमा अघि बढेको थियो । ५६औं मिनेटमा डार्लिस गोन्जाल्वेजले पाराग्वेको अग्रता दोब्बर पारेका थिए । ६८आंै मिनेटमा अल्मोइज अलीले गोल गर्दै कतारलाई खेलमा फर्काउने संकेत गरेका थिए । खेल सकिन १३ मिनेट बाँकी हुँदा बोआलेम खौकीले बललाई जाली चुमाउँदै कतारलाई हारको संघारबाट जोगाएका थिए ।
यसअघि समूह ‘बी’ कै खेलमा आइतबार कोलम्बियाले अर्जेन्टिनालाई २–० ले निराश पारेको थियो । एसियाली च्याम्पियन कतार जापानसँगै अतिथि टोलीका रूपमा प्रतियोगितमा सहभागी भएको थियो ।

 

 

प्रकाशित: ३ असार २०७६ ०३:५१ मंगलबार

स्ट्राइकर_लुइस_स्वारेज इडिसन_काभानी उरुग्वे जित