खेल

पाकिस्तानमाथि भारतको शानदार जित

म्यानचेस्टर  – चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ८९ रनले हराउँदै  भारतले इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा अपराजित यात्रालाई निरन्तरता दिएको छ।

पाकिस्तानमाथिको शानदार जितसँगै भारतले जारी विश्वकपमा लगातार तेस्रो जित निकाल्न सफल भएको हो। विश्वकप क्रिकेटमा आइतबारको खेलसँगै भारतले पाकिस्तानमाथि लगातार सात पटक सुखद नतिजा निकालेको छ। स्तब्ध  पाकिस्तानको विश्वकप एकदिवसीय खेलमा भारतलाई हराउने लक्ष्य आइतबार पनि अधुरै रह्यो। विश्वकपका अलावा अन्य एकदिवसीय खेलमा सफल मानिए पनि पाकिस्तान भारतसँग सबै विश्वकपका संस्करणमा निरीह बन्दै आएको छ।

विश्वकपमा भारतलाई हराउँने पाकिस्तानको लक्ष्य अधुरै

कसिलो बलिङसामु निरीह देखिएको पाकिस्तानले ३५ ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै  १ सय ६६ रन बटुल्दै गर्दा वर्षा भएपछि ४० ओभरमा छोट्याइएको थियो। ओभर घटाएपछि डकवर्थ लुइस पद्धति (डिएल) बाट पाएको ३ सय २ रनको नयाँ लक्ष्य भेटाउन पुनः व्याटिङ गरेको पाकिस्तानले अन्तिम पाँच ओभरमा ब्याटिङ गरको पाकिस्तानले २ सय १२ रन जोड्न सक्यो।

३ सय ३७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानका लागि दुई ब्याट्सम्यानबाहेक अन्य ब्याट्सम्यान खुलेर खेल्न सकेनन्। १३ रन जोड्दा पहिलो विकेटको रूपमा इमान उल हकलाई गुमाएको पाकिस्तानका लागि फखर जमान र बाबर आजमले १ सय ४ रनको साझेदारी गर्दै इनिङ उकासे पनि बाँकी ब्याट्सम्यानले त्यसलाई निरन्तरता दिन सकेनन्। फखर जमान ६२ र बाबर अजाम ४८ रनमा कुलदिप यादबको बलिङमा पवेलियन फर्किए। कप्तान सरफराज अहमद १२ रनमा विजय शंकरको बलिङमा बोल्ड हुँदा मोहम्मद हाफिज ९ रनमा समेटिए। इमाद वासिम ४६ तथा सादब खान २० रनमा नटआउट रहे। बलिङ तर्फ भारतका लागि कुलदिप यादव, हार्दिक पाण्डेया र विजय शंकरले समान २/२ विकेट लिए।

कोहलीको कप्तानीमा रहेको भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई र दोस्रो खेलमा साबिकको विजेता अस्ट्रेलियालाई हराएको थियो। वर्षा भएपछि भारतले  आफ्नो तेस्रो खेलमा न्युजिल्यान्डसँग अंक बाँडेको थियो। यसअघि टस हारेर ब्याटिङका लागि मैदान उत्रिएको भारतले ओपनर रोहित शर्माको शतकीय योगदानमा निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ३६ रनको योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि अर्का ओपनर लोकेश राहुलसँग २३.५ ओभरमा १ सय ३६ रनको साझेदारी गरेका रोहितले दोस्रो विकेटका लागि कप्तान विराट कोहलीसँग ९८ रनको साझेदारी गर्दै भारतलाई विशाल योगफलतर्फ डो¥याएका थिए। रोहितले हसन अलीको बलमा वाहब रियाजबाट क्याच हुनुअघि १ सय १३ बलमा १४ चौका र ३ छक्काको मद्दतमा १ सय ४० रन बनाए। रोहितको जारी प्रतियोगितमा यो दोस्रो शतक हो। यसअघि रोहितले दक्षिण अफ्रिकाविरुद्ध अविजित १ सय २२ रन जोडेका थिए। लोकेशले ७८ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाए। लोकेशलाई वाहबले बाबर आजमबाट क्याच गराएका थिए। त्यस्तै विराट कोहलीले ७७ रनको योगदान गरे। कोहलीले ६५ बलमा ७ चौका प्रहार गरे। कोहली एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ११ हजार रन पूरा गर्ने खेलाडी समेत बनेका छन् भने सतकीय इनिङ्स खेलेका रोहित पौडेल भारतका लागि विश्वकपको एकै खेलमा सबै भन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्। रोहितको एक दिवसीय खेलमा यो २४ औं सतक हो।

पाकिस्तानमा तीव्र गतिका बलर मोहम्मद आमिरले १० ओभरमा १ मेडन राखेर ४७ रन खर्चंदै ३ विकेट लिए। त्यस्तै वाहब र हसन अलीले समान १ विकेट लिए। कोहली एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ११ हजार रन पूरा गर्ने खेलाडी बन्दा सतकीय इनिङ्स खेलेका ओपनर रोहित पौडेल भारतका लागि विश्वकप एकदिवसीयको एकै खेलमा सबै भन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्।

प्रकाशित: २ असार २०७६ ०३:३४ सोमबार

जित एकदिवसीय_विश्वकप