खेल

चौथो खेलमा पनि वर्षा वाधक

नटिङ्घम – लगातारको वर्षाका कारण भारत र न्युजिल्यान्डबीचको खेल रद्द भएको छ। न्युजिल्यान्ड र भारत मात्र जारी प्रतियोगिताका दुई अपराजित टोली हुन्। दुवै टोली ट्रेन्ट बिचमा शतप्रतिशत नतिजालाई निरन्तरता दिँदै शीर्ष चार प्रवेश सम्भावना बलियो पार्न चाहन्थे। तर दुवै टोलीको लक्ष्यमा वर्षा बाधक बनेको हो।
इङ्ल्यान्डमा जारी विश्वकपमा वर्षाका कारण बिनानतिजा अंक बाँडिएको यो चौथो खेल हो। यसअघि श्रीलंका र पाकिस्तान, श्रीलंका र बंगलादेश तथा वेस्ट इन्डिज र पाकिस्तानबीचको खेल पनि वर्षाका कारण रद्द भएका थिए।  

१९९२ र २००३ को विश्वकपमा समान २ खेल वर्षाका कारण रद्द गरिएको थियो। इङ्ल्यान्डमा जारी विश्वकपमा समूहचरणका खेल जारी रहँदा हालसम्म ४ खेल वर्षाका कारण रद्द भइसकेका छन्। हालसम्म श्रीलंका र पाकिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश तथा भारत र न्युजिल्यान्डबीचका खेल वर्षाका कारण रद्द भएका छन्।

त्यसमध्ये एक बल पनि नफाली रद्द गरिएको यो तेस्रो खेल हो। यसअघि श्रीलंका र बंगलादेश तथा श्रीलंका र पाकिस्तानबीचको खेल एक बल पनि नफाली रद्द भए भने दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिचको खेलमा मात्र ७.३ ओभर सम्भव भएको थियो। श्रीलंकालाई पहिलो खेलमा १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको न्युजिल्यान्डले दोस्रो खेलमा बंगलादेश र तेस्रो खेलमा अफगानिस्तानलाई हराएको थियो। न्युजिल्यान्डको ३ खेलमा ६ अंक छ भने भारतको २ खेलमा ४ अंक छ।
पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको भारतले दोस्रो खेलमा शिखर धवनको शतकमा अस्ट्रेलियालाई निराश पारेको थियो।

यस नतिजापछि ४ खेलमा ७ अंक बटुलेको न्युजिल्यान्ड शीर्ष स्थानमा यथावत् छ भने ३ खेलमा ५ अंकका साथ भारत तेस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको भारतले दोस्रो खेलमा शिखर धवनको शतकमा अस्ट्रेलियालाई निराश पारेको थियो।

 

 

प्रकाशित: ३१ जेष्ठ २०७६ ०३:०८ शुक्रबार

न्युजिल्यान्ड वाधक चौथो