खेल

हाज्लेउडलाई टोलीमा नपरेको पीडा

ब्रिस्बेन  – अस्ट्रेलियाका तीव्र गतिका बलर जस हाज्लेउडले आफूलाई टोलीमा छनोट नगरेको पीडामा इङ्ल्यान्डमा जारी विश्वकप कमै मात्र हेर्ने गरेको प्रतिक्रिया दिएका छन् ।

२७ वर्षे हाज्लेउड ढाडको समस्याका कारण जनवरीदेखि मैदानमा देखिएका छैनन्।अस्ट्रेलियाका छनोटकर्ताहरूले अगस्टमा सुुरु हुने इङ्ल्यान्डविरुद्धकोे एसेस शृंखलाका लागि लागि केन्द्रित हुन हाज्लेउडलाई निर्देशन दिएका छन् ।

हाज्लेउड हाल पिटर ह्यान्ड्सकम, टार्भिस हेड र मार्कुस ह्यारिससँगै ब्रिस्बेनमा अस्ट्रेलियाको ए टोलीसँग अभ्यासमा  छन्।अस्ट्रेलिया शुक्रबार सात साताको इङ्ल्यान्ड भ्रमणमा निस्किँदै छ ।

हाल पूर्ण रूपमा फिट भइसकेका हाज्लेउडले विश्वकपमा भन्दा आफ्नो तयारीमा ध्यान दिने बताए । ‘म तयारीमा केन्द्रित छु,’ हाज्लेउडले भने, ‘म राति केही खेलका केही ओभर मात्र हेरिरहेको हुन्छु।विश्वकप हेर्दा टोलीमा नपरेको पीडा भइरहन्छ।म एसेस शृंखलामा केन्द्रित छु ।’

 

प्रकाशित: ३१ जेष्ठ २०७६ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App