खेल

उपत्यकाव्यापी बास्केटबल सुरु

भक्तपुर - पाँंचौ एभरेष्ट उपत्यकाव्यापी आमन्त्रण बास्केटबल प्रतियोगिता विहीबारदेखि भक्तपुरमा सुरु भएको छ।प्रतियोगिताको उदघाटन खेलमा जुनियर गल्र्सतर्फ जनप्रेमी स्कुललाई पराजित गरी ग्रामर स्कुल विजयी भयो।

पूतियोगिताको दोस्रो खेलमा जुनियर ब्वाइजतर्फ ज्ञान निकेतनले जनप्रेमी स्कुललाई पराजित ग¥यो।प्रतियोगितामा काठमाडौं उपत्यकाका १९ वटा स्कुल सहभागी  थिए। प्रतियोगिताको उद्घाटन एभरेस्ट इङ्लिस स्कुल मिवाछें व्यासी भक्तपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले संयुक्त रूपमा गरेका थिए।
तस्वीर छ।

 

प्रकाशित: ३१ जेष्ठ २०७६ ०२:५५ शुक्रबार

उपत्यकाव्यापी बास्केटबल