खेल

अष्ट्रेलियाद्वारा पाकिस्तानसामु ३०८ रनको लक्ष्य प्रस्तुत, वार्नरको शतक

काठमाडौं– एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा अष्ट्रेलियाले पाकिस्तानसामु ३०८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

काउन्टी ग्राउण्डमा टस हारेर व्याटिङको निम्तो पाएको अष्ट्रेलियाले डेभिड वार्नरको शतक मद्दतमा ४९ ओभरमा सबै विकेट गुमाउँदै ३०७ रन बनायो। वार्नरले ११ चौका र १ छक्कासहित सर्वाधिक १०७ रन बनाए।

कप्तान आरोन फिन्चले ६ चौका र ४ छक्काको मद्दतमा ८२ रन जोडे। शाहुन मार्सले २३, ग्लेन म्याक्सवेल र एलेक्स केरीले २०÷२०, उस्मान ख्वाजाले १८ तथा स्टिभ स्मिथले १० रन बनाए।

बलिङतर्फ पाकिस्तानका मोहम्मद अमिरले सर्वाधिक ५ विकेट लिए। शाहइन अफ्रिदीले २ विकेट लिए।

प्रकाशित: २९ जेष्ठ २०७६ १३:०३ बुधबार

क्रिकेट एकदिवसीय_विश्वकप अष्ट्रेलिया पाकिस्तान