खेल

नेपाल समूह ‘ए’ मा

काठमाडौं – मलेसियामा जुलाई २ बाट ९ तारिखसम्म आयोजना हुने एसिसी यु–१९ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ। एसियन क्रिकेट काउन्सिलले मंगलबार सार्वजनिक गरेको तालिकामा नेपाल सम्मिलित समूहमा चीन, म्यानमार र सिंगापुर छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, भुटान, हङकङ र थाइल्यान्ड छन्। नेपाल गत संस्करणको विजेता हो।

सार्वजनिक तालिकाअनुसार नेपालले पहिलो खेल जुलाई २ मा म्यानमारसँग खेल्नेछ। सोही दिन आयोजक मलेसियाले थाइल्यान्डको सामना गर्दा अर्को खेलमा सिंगापुरले चीनको सामना गर्नेछ। नेपालले दोस्रो खेल जुलाई ५ मा सिंगापुरसँग प्रतिस्पर्धा गर्दा तेस्रो खेल जुलाई ६ मा चीनसँग खेल्नेछ।

८ टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिने प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यु–१९ एसिया कपमा सहभागी हुने अवसर पाउनेछ।

प्रकाशित: २९ जेष्ठ २०७६ ०३:२६ बुधबार

यु–१९_इस्टर्न_रिजन_च्याम्पियनसिप नेपाल