खेल

महेश्वरको मिहिन मिहिनेत

काठमाडौं - शरीर चिटिक्क बनाउने रहर कसको  हुन्न ? धेरैजसो कुनै न कुनै दिन यही लोभले जिमखाना छिरेकै हुन्छन्।त्यही बेला थाहा हुने हो, ‘बडि बिल्डिङ’ को यो रहर सजिलो छैन।अझ शारीरिक सुगठनकै खेलाडी हुने हो भने त मिहिनेत दह्रो चाहिन्छ नै, त्यसका लागि ठूलै त्याग र तपस्या पनि चाहिन्छ।महेश्वर महर्जन यही खेलका खेलाडी हुन्।उनले के जिते, त्यो पछि आउ“छ, तर उनले आजका दिनसम्म पुग्न के कति मिहिन मिहिनेत गरे, त्यो पक्कै प्रशंसायोग्य छ।

धेरै वर्षअगाडि उनको शरीर मसिनो थियो, त्यसैले अरूजस्तै घरनजिकैको जिमखाना छिरे।त्यो स्कुल जा“दाको समय हो।अहिले उनको आफ्नै जिमखाना छ।त्यही जिमखानाबाट अहिले कसरतपछि बाहिर निस्कनुपर्छ, उनको शरीरलाई देखेर लोभ लाग्छ।लोभ मात्र के र ? त्यही शरीरले नेपाललाई ऐतिहासिक सफलता पनि दिलाएको छ, त्यो वल्र्ड च्याम्पिनयसिप स्तरमै।वर्ष २०७५ मा निकै चर्चा बटुलेका खेलाडीमा पर्छन्, ३५ वर्षीय महेश्वर।

नेपाली खेलकुदमा नजिकका धेरैले गत वर्ष सामाजिक सञ्जालमा कोही एक खेलाडीको धेरै चर्चा गरे भने त्यसमा पक्कै पर्नेछन्, यिनै महेश्वर।उनले वर्ष ०७५ मा थाइल्यान्डमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक्स च्याम्पियनसिपको ७५ केजी तौलसमूहमा उपाधि जिते र छाए, व्यापक चर्चामा।च्याङमाइमा प्राप्त त्यो सफलतापछि धेरैलाई गहिरो कौतुलहता लागेको थियो, यो महेश्वर भन्ने को हो ? यसले जितेको के हो ? धेरैले उनीबारे खोजीनिती गरे।

चर्चामा उनी मात्र रहेनन्, यो खेल नै एउटा आकर्षणको केन्द्र भयो।वर्ष २०७५ मा नेपाली खेलकुदबारे चर्चा गर्दा उनलाई छुटाउन्नै हुन्न।त्यसैले त एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको पिपुल्स च्वाइस विधामा मनोनयन भए, यी खेलाडी।त्यसै पनि यो विधामा फुटबल र क्रिकेटको बढी वर्चस्व हुने गर्छ।शारीरिक सुगठनका खेलाडी यो विधाको मनोनयनमा पर्नु दुर्लभजस्तै हो।त्यसैले महेश्वर आपंैm खुसी छन् र मान्छन्, मनोनयनमा पर्नु पनि जितेजस्तै हो।

उनी यत्तिकै रोकिने पक्षमा पनि छैनन् र उत्तिकै दत्तचित्त भएर यस प्रतिष्ठित अवार्डलाई जित्न लागिपरेका छन्।भन्छन्, ‘यो सबैभन्दा ठूलो अवार्ड हो, नेपाली खेलकुदको ।’ पल्सर स्पोर्ट्स अवार्डको यो विधामा पा“च प्रत्याशी छन् र त्यसको निर्णय हुनेछ, मतका आधारमा।सामाजिक सञ्जाल फेसबुक र एसएमएसमार्फत आएका मतस“गै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले  यसका विजेताको निर्णय हुनेछ।

यो विधामा धेरै प्रतिस्पर्धा भएको उनको बुझाइ छ।यस्तै चर्को प्रतिस्पर्धा थाइल्यान्डमा पनि थियो।सन् १९९७ बाट व्यावसायिक रूपमा यो खेलमा ओर्लिएका महेश्वरले त्यसको ६ वर्षपछि धर्मश्रीमा पहिलोपल्ट भाग लिए।यसअगाडि भुटानमा भएको ५०औं एसियाली बडिबिल्डिङ च्याम्पियनसिपमा पनि स्वर्ण जितेका महेश्वरले धर्मश्रीकै १३औं संस्करण पनि जिते।उनले त्यसै प्रतियोगिताको ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए।

भित्री काठमाडौंका यी रैथाने नेपाली युवा पुस्ताका प्रधिनिधि पात्र हुन्।केही वर्षअगाडि उनी पनि विदेशतिर लागे।तर नेपालै फर्के, यो भने उनको प्रशंसायोग्य काम थियो।नेपाल फर्केर केही साथीस“गको सहयोगमा जिम सेन्टर खोले।अहिले उनी मिस्टर युनिभर्समा भाग लिन धुमधामले तयारी गरिरहेका छन्।अब यो तयारीमा जोडिएको छ, पिपुल्स च्वाइस अवार्ड जित्ने धुन पनि।आफ्नो शरीर बनाउन दिनरात एक गरिरहेका महेश्वर चाहन्छन्, यो अवार्ड पनि जितौं, त्यो भनेको पिपुल्स च्वाइस अवार्ड ।

प्रकाशित: २८ जेष्ठ २०७६ ०३:११ मंगलबार

लोभ महेश्वर मिहिनेत शरीर