खेल

पल्सर स्पोर्टस् अवार्ड– सहप्रायोजक संस्थासँग सम्झौता

काठमाडाैं– पल्सर स्पोर्टस् अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले आज २ सहप्रायोजक संस्थासँग सम्झौता गरेको छ। मञ्चले एभिन्युज टेलिभिजनसँग सम्झौता नवीकरण तथा केल्मी नेपालसँग सम्झौता गरेको हो।

खेलक्षेत्रबाट योगदान गरेर देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी तथा संस्थालाई सम्मान गर्ने पल्सर स्पोर्ट्स अवार्ड असार १७ गते आयोजना हुँदैछ।

अवार्डमा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी साबित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा परेका छन्।  

याे विधाकाे विजेता चयन एसएमएस भाेटिङ, फेसबुक लाइक, आयाेजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरूकाे मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षककाे मतकाे आधारमा हुने छ। एसएमएस भाेटिङका लागि नेपाल टेलिकम, एनसेल र स्मार्ट सेल प्रयाेगकर्ताले ३७७२२ नम्बरमा एसएमएस गर्न सक्नेछन्। जस्तै PULSAR>Player code and SMS to ३७७२२

प्रकाशित: २३ जेष्ठ २०७६ ०९:४४ बिहीबार

पल्सर_स्पोर्टस्_अवार्ड सम्झौता खेलकुद_पत्रकार_मञ्च