खेल

अवार्डको तयारी अन्तिम चरणमा

पोखरा स्पोर्ट्स अवार्ड–२०७५ को अन्तिम तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन। तस्बिर। तस्बिर: उमेश पुन/नागरिक

पोखरा - चौथो टिभिएस अपाचे पोखरा स्पोटर््स अवार्ड– २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ। यही जेठ २४ गते शुक्रबार पोखरा सभागृहमा आयोजना हुने पोखरा स्पोर्ट्स अवार्ड चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

मञ्चले यस वर्ष ८ विधामा अवार्ड वितरण गर्दै छ। मञ्चले सर्वोत्कृष्ट खेलाडी पुरुष, सर्वोत्कृष्ट खेलाडी महिला, वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष सर्वोत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार, वर्ष पपुलर खेलाडी र लाइफटाइम अचिभमेन्ट विधामा अवार्ड वितरण गर्ने तयारी गरेको हो। अवार्ड वितरण गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ।

मञ्चले यसअघि नै ४ विधामा ३/३ जनाको नाम शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिसकेको छ। चौथो टिभिएस अपाचे पोखरा स्पोर्ट्स अवार्ड–२०७५ को सर्वोत्कृष्ट खेलाडी पुरुषमा युकेश गुरुङ (प्याराग्लाइडिङ), रूपक नेपाली (फुल कन्ट्याक्ट कराते) र अमृत थापा (स्क्वास) मनोनयनमा परेका छन्। सर्वोत्कृष्ट महिला खेलाडीमा सुमी श्रेष्ठ (फुल कन्ट्याक्ट कराते), श्रेया केसी (सुटिङ) र प्रीति बराल (सफ्ट टेनिस) मनोनयमा परेका छन्।


खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका अन्र्तराष्ट्रिय पूर्वखेलाडी चित्रबहादुर गुरुङलाई सम्मान गर्दै छ। वि.स.२०१८ सालमा जन्मिएका गुरुङले आधा दर्जन पदक जितेका छन्।

त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा अर्जुन कुमाल (क्रिकेट), अनुष्का शेरचन (आर्चरी) र सुस्मिता थापामगर (आइटिएफ तेक्वान्दो) परेका छन्। वर्ष उत्कृष्ट प्रशिक्षक विधामा दीपक गोदार (फुल कन्ट्याक्ट कराते), भीमसेन शाक्य (ह्यान्डबल) र राजेन्द्र पाठक (हकी) मनोनयनमा परेका छन्।

गत वर्ष २०७५ मा देखाएको पर्फमेन्स र प्राप्त सफलतालाई आधार मानेर ३÷३ जना खेलाडी मनोनयन गरिएको आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ। मनोनितमध्ये सर्वोत्कृष्ट ठहरिने खेलाडीलाई अवार्ड प्रदान गरिने प्रतिभा छनौट समितिका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए। त्यस्तै पपुलर वर्ष खेलाडीका लागि सर्वोत्कृष्ट खेलाडी पुरुष, महिला र उदीयमान विधामा नोमिनेसनमा परेकालाई दर्शकले दिएको भोटका आधारमा सबैभन्दा धेरै भोट पाउने खेलाडीलाई अवार्ड प्रदान गरिने उनले बताए। उनका अनुसार भोटिङ अन्तिम दिन दिउँसो १ बजेसम्मै जारी रहनेछ।

यसै गरी खेलकुद पत्रकार मञ्च गण्डकीले वर्ष सर्वोत्कृष्ट खेल संघ र वर्षको उत्कृष्ट खेल पत्रकारिता पुरस्कारको नाम अवार्ड वितरण समारोहमा एकै पटक सार्वजनिक गर्ने जनाएको छ।

सर्वोत्कृष्ट पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई टिभिएस अपाचे मोटरसाइकल, ट्रफी, ताम्रपत्र र दोसल्ला तथा सर्वोत्कृट महिला विधामा अवार्ड प्राप्त गर्नेलाई टिभिएस विगो स्कुटर, ट्रफी र दोसल्लाले सम्मान गरिने मञ्च कास्कीले जनाएको छ। त्यस्तै, वर्षको उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा अवार्ड प्राप्त गर्नेलाई नगद २५÷२५ हजार, ट्रफी र दोसल्लाले सम्मान गरिने जनाइएको छ। त्यस्तै, सर्वोत्कृष्ट पुरुष र खेलाडीलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक÷एक थान मोबाइलसमेत प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए।

यसै गरी वर्ष सर्वोत्कृष्ट संघलाई नगद १५ हजारसहित ट्रफी प्रदान गर्ने जनाइएको छ। यसै गरी मञ्चले वर्षको उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाट पनि गण्डकी प्रदेशको एक जना पत्रकारलाई नगद २० हजारसहित दोसल्ला र ताम्रपत्रले सम्मान गर्ने मञ्चले जनाएको छ।

खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका अन्र्तराष्ट्रिय पूर्वखेलाडी चित्रबहादुर गुरुङलाई सम्मान गर्दै छ। वि.स.२०१८ सालमा जन्मिएका गुरुङले आधा दर्जन पदक जितेका छन्। उनले चीनमा भएको एघारौं एसियाली खेलकुद प्रतियोगितामा कांस्य, तेस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत र पाकिस्तानमा भएको चौथो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण जितेका थिए।

चौथो दक्षिण एसियाली खेलकुदमा नेपालले एक मात्र स्वर्ण जित्दा उनै चित्रबहादुरको योगदान थियो। लाइफटाइभ अचिभमेन्ट अवार्ड प्राप्त गर्ने गुरुङलाई चाँदीजडित अवार्ड, सम्मानपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए।

पत्रकार भेटघाटको अवसरमा नोमिनेसनमा परेका खेलाडीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।  प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले ५ लाख, पोखरा महानगरपालिकाले १ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद्ले एक लाख, नेपाल पर्यटन बोर्डले ५० हजार, मोदी जलविद्युत् आयोजनाका आशिष थापाले बुबा सहवीर थापाको स्मृतिमा १ लाख ५ हजार, क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, गाउँपालिकाहरु, पोखरा महानगरपालिका वडा नम्बर १३ लगायतले सहयोग गरेको आयोजकले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न करीब ९ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०४:४४ बिहीबार

अवार्ड खेलकुद_पत्रकार_मञ्च गण्डकी