खेल

पाकिस्तानद्वारा इंग्ल्याण्डसामू ३४९ रनको विशाल लक्ष्य प्रस्तुत

फाेटाे : Getty Images

काठमाडौं– एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा पाकिस्तानले इंग्याल्याण्डसामू ३४९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। विश्वकप इतिहासमा पाकिस्तानले बनाएको यो सबैभन्दा ठूलो स्कोर हो।

इंग्ल्याण्डको घरेलु मैदान ट्रेन्ट ब्रिज मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै ३४८ रनको योगफल तयार गर्यो। 

पाकिस्तानका लागि मोहम्मद हफिजले सर्वाधिक ८४ रन बनाए। उनले ८ चौका र २ छक्का प्रहार गरे। बाबर अजमले ६३, सरफराज अहमदले ५५, इमम उल हकले ४४, फखर जामनले ३६ र असिफ अलिले १४ रन जोडे। 

बलिङतर्फ क्रिश वक्स, मोइन अलिले समान ३ विकेट लिए भने मार्क उडले २ विकेट लिए।

प्रकाशित: २० जेष्ठ २०७६ १३:११ सोमबार

विश्वकप_क्रिकेट पाकिस्तान इंग्याल्याण्ड