खेल

पाकिस्तानका क्रिकेटरले विश्वकपमा आफ्नो पत्नीलाई सँगै राख्न नपाउने

काठमाडौं– ३० मे बाट सुरुहुने विश्वकपमा पाकिस्तानी क्रिकेटरले आफ्ना श्रीमती र परिवारलाई सँगै राख्न नपाउने भएका छन्।

पाकिस्तान क्रिकेट बोर्डले खेलाडीको ध्यान खेलमा केन्द्रीत गर्न यस्तो निर्णय गरेको बताएको छ। पीबीसीका अनुसार खेलाडीले परिवारको सदस्यलाई विश्वकपमा लैजान चाहेमा उनीहरुले आफ्नै व्यवस्था गर्नुपर्ने छ। अर्थात, उनीहरुलाई खेलाडीसँगै होटलमा रहन अनुमति नदिइने भएको हो। भर्खरै इङ्ल्याण्डसँगको एक दिवसिय सिरिजमा नराम्रोसँग पराजित भएपछि बोर्डले यस्तो निर्णय गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्। परिवारसँग रहँदा खेलमा फोकस हुन नसक्ने भन्दै यस्तो निर्णय गरेको बताइएको छ।

पाकिस्तानले पहिलो खेल ३१ मे मा नाटिंघाममा वेस्टइण्डिज विरुद्ध खेल्ने छ।  
 
    
 

प्रकाशित: ११ जेष्ठ २०७६ ०८:२५ शनिबार

विश्वकप_क्रिकेट पाकिस्तान