खेल

भूपेन्द्रको आशालाग्दो प्रदर्शन

काठमाडौं– नेपालका बक्सर भूपेन्द्र थापाले दोस्रो संस्करणको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार तेस्रो दिनको खेलमा कडा चुनौती दिए पनि सफलता हात पार्न सकेनन्।

बुधबार भारतको गुवाहाटीस्थित नवीनचन्द्र बोर्ड इन्डोर स्टेडियममा भएको ६४ केजी तौलसमूहको खेलमा चुनौती दिएका भूपेन्द्रले नेपालका अन्य बक्सरको तुलनामा आशालाग्दो प्रदर्शन गर्न सफल भएका थिए। तर, उनले जित भने निकाल्न सकेनन्। भारतका अंकुश डहियालाई ३–२ अंकले चुनौती दिए पनि भूपेन्द्र स्तब्ध भए।

उनले गरेको प्रदर्शन प्रतियोगितामा सहभागी सबै नेपाली खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन हो। बुधबार नै भएको ५२ केजी तौलसमूहमा तेजबहादुर देउवा भारतका पिएल प्रसादसँग पराजित भए। उनी युनिनमस नतिजाका आधारमा ५–० अंकले पराजित भए। अर्काे खेलमा नेपालका प्रकाश लिम्बु पनि भारतका अंकितसँग पराजित भए। उनी पनि युनिनमस नतिजाको आधारमा ५–० अंकले स्तब्ध भएका थिए।

बुधबार नै भएको खेलमा नेपालका विकेश लामा भारतका दिनेश दागरसँग पराजित भए। विकेशले पनि खराब प्रदर्शन गर्ने क्रममा ५–० अंकको नजिता सम्पिए । मंगलबार नै भएको ५४ केजी तौलसमूहको दोस्रो खेलमा नेपालकी मीनु गुरुङ भारतकी जमुना बोरोसँग पराजित भएकी थिइन् । मीनुले पनि ५–० अंकको नतिजा सुम्पिएकी थिइन्। मंगलबार नै भएका अन्तिम खेलमा ६४ केजी तौलसमूहमा नेपालकी पुनम रावलले पनि भारतकै पविला बसुमातारीसँग पराजित भइन्।

गत संस्करणकी कांस्य विजेता पुनमले पनि भारतीय खेलाडीसँग ५–० अंकको नतिजामा हार बेहोरिन्। भारतीय बक्सिङ फेरेडेसनमा आयोजनामा सञ्चालित प्रतियोगितामा नेपालबाट ११ जना बक्सरले सहभागिता जनाएका थिए। नेपाली टोलीको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, प्रशिक्षकमा हरिसबहादुर चन्द र रमेशदास श्रेष्ठ तथा व्यवस्थापकमा तर्कराज राई रहेका छन्। च्याम्पियनसिपमा २४ राष्ट्रका बक्सरले प्रतिस्पर्धा गरिरहेका छन्।

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App