खेल

भारतीय फुटबल टिमकाे मुख्य प्रशिक्षकमा क्रोएसियाका स्टिमेक

नयाँ दिल्ली– भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षकमा क्रोएसियाका इगोर स्टिमेक नियुक्त भएका छन्।

क्रोएसियाको राष्ट्रिय टोलीलार्इ समेत प्रशिक्षण दिइ सकेका स्टिमेकलाई आइएफएफले २ वर्षका लागि नियुक्त गरेको हो। पछिल्लो समय स्टेफन कोन्सटेनटाइनले पदबाट राजीनामा दिएयता भारतीय फुटबल टिम प्रशिक्षक बिहीन रहेको थियो।

प्रकाशित: १ जेष्ठ २०७६ ११:०४ बुधबार

भारतीय_फुटबल_टोली मुख्य_प्रशिक्षक इगोर_स्टिमेक