बुटवल— रुपन्देहीको देवदहमा सम्पन्न मेयर कप फुटबलको उपाधि वडा नं. २ ले जितेको छ। देवदह नगरपालिका, नगर खेलकुद विकास समिति देवदहको आयोजनामा भएको प्रतियोगितामा नगरका १२ वटा वडाको सहभागिता थियो। पानवारी खेलमैदानमा भएको फाइनल खेलमा वडा नं. २ ले वडा नं. ५ लाइ २–० ले पराजित गर्दै उपाधी हात पारेको हो।
खेलको पहिलो हाफसम्म कुनै पनि गोल हुन नसके पनि दोश्रो हाफको ५२ औं मिनेटमा वडा नं. २ का पुरन थापाले एक गोल गरी टिमलाई अग्रता दिलाए। अतिरिक्त समयमा थापाले पुन एक गोल गरी आफनो टिमलाइ जित दिलाए।
प्रतियाेगिताकाे विजेता टिमले एक लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ हाँसिल गरेका छन।
प्रकाशित: २९ वैशाख २०७६ १०:०३ आइतबार