खेल

आइपिएल क्रिकेटः उपाधि होडमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स

काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल भिडन्त चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच हुने भएको छ। चेन्नईले शुक्रबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटको हराउँदै मुम्बईसँगको फाइनल भिडन्त पक्का गरेको हो।

विशाखापट्नममा भएको खेलमा चेन्नईले १४८ रनको लक्ष्य १९ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो। उसका लागि फाप डू प्लेसिसले ५० तथा शेन वाट्सनले ५० रनको योगदान दिए। यसअघि पहिले ब्याटिङ्ग गरेको दिल्लीले ९ विकेटको क्षतिमा १४८ रन बनायो। उसका लागि ऋषभ पन्तले ३८ तथा कोलिन मुरोले २७ रनको योगदान दिएका थिए। यी दुई टोलीबीचको फाइनल भिडन्त भने आइतबार हुनेछ।

प्रकाशित: २८ वैशाख २०७६ ००:४१ शनिबार

आइपिएल चेन्नई_सुपर_किंग्स मुम्बई_इन्डियन्स