खेल

आर्मीलाई हराउँदै पुलिसले जित्यो उपाधि

ताप्लेजुङ– त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै साविक बिजेता नेपाल प्रहरीको टिमले तेस्रो राष्ट्रिय पाथिभरा भलिबलको उपाधि जितेको छ।

ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुपार्टीमा बिहीबार सम्पन फाईनल खेलमा प्रहरीले आर्मीको टिममाथि सानदार जित दर्ता गर्दै तेस्रो पाथिभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिसहित नगद ३ लाख ५० हजार ५ सय रुपैंयाका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ।

उपविजेता आर्मी १ लाख ७६ हजार २ सय ५० रुपैैंयाको हकदार भएको छ। यो जितसँगै क्वाटर फाईनल र सेमिफाईनलमा केहि धरमराएर नतिजा पुलिसबाहेक अन्यत्र पर्ने होकी भन्ने आशंका प्रहरी टिमले दुर गरिदिएको छ। प्रहरीले आर्मीको टोलीलाई २५–१७, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गर्यो।

प्रकाशित: २६ वैशाख २०७६ ०९:३६ बिहीबार

त्रिभुवन_आर्मी_क्लब नेपाल_प्रहरी भलिवल पाथिभरा