खेल

इक्विस्ट्रियन हाइजम्पमा घिसिङले बनाए राष्ट्रिय कीर्तिमान

पोखरा– नेपाल आर्मीका जगदीश घिसिङले पोखरा शुक्रबार आयोजित घोडा दौड (हर्स राइडिङ) प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमानसँगै स्वर्ण पदक जितेका छन्।

पोखराको फेवाताल किनार बाराहीघाट खेल मैदानमा आयोजित पोखरामा सम्पन्न पाँचाैं संस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा ५ फिट ९ इन्चको जम्प गर्दै नयाँ कीर्तिमान बनाउँदै उपाधि जिते।

त्यो कीर्तिमानी यसभन्दा अघि रामहरि खड्काको नाममा ५ फिट ५ इन्च उचाइको जम्प गर्दै राखेका थिए। घिसिङले सम्मोहन नामको घोडाले कीर्तिमान राखेका हुन्।

नेपाल इक्विस्ट्रियन संघको आयोजना र नेपाल राष्ट्रिय खेलकुद  परिषद् तथा नेपाली सेनाको संयोजनमा आयोजित विभिन्न तीन विधामा प्रतिस्पर्धा गराइएको थियो। स्वर्ण पदक विजेता घिसिङले यसका लागि नेपाली सेनाकै जमदार राजेन्द्र थापा र करण चौधरीसँग अन्तिम प्रतिस्पर्धा गरेका थिए।

अन्तिम स्पर्धामा उक्त इभेन्टमा रजत पदक विजेता राजेन्द्र ५ फिट ७ इन्च र कांस्य पदक विजेता करण भने पुरानै रेकर्ड ५ फिट ५ इन्चमा रोकिन पुगे। विजेताले प्रमाणपत्रका साथमा क्रमशः नगद २०, १५ र १० हजारसमेत प्राप्त गरेका छन्।

सोजोन इभेन्टतर्फ नेपाली सेनाका ओमप्रकाश यादवले स्वर्ण पदक जिते। उनले सोजोन इभेन्टको दूरी पार गर्न जम्मा १ मिनेटमा टुंग्याएका थिए।

प्रतियोगिताअन्तर्गत नै सोजोन इभेन्टतर्फ नेपाली सेनाका ओमप्रकाश यादवले स्वर्ण पदक जिते। उनले सोजोन इभेन्टको दूरी पार गर्न जम्मा १ मिनेटमा टुंग्याएका थिए। नेपाली सेनाकै जगदीश घिमिरेले १ मिनेट १३ सेकेन्डमा पार गर्दै रजत र नेपाली सेनाकै मेघविक्रम खड्काले कांस्य पदक जिते। उनीहरूले क्रमशः नगद २०, १५ र १० हजारका साथमा प्रमाणपत्रसमेत प्राप्त गरे।

टेन्ट पेगिङतर्फको इभेन्टमा नेपाली सेनाका प्राविधिक सुबेदार गोविन्दबहादुर खड्काले स्वर्णपदक जितेका छन् भने नेपाली सेनाकै ओमप्रकाश यादवले रजत र लिलाराम खड्काले कास्य पदक जिते। उनीहरूले क्रमशः नगद २०, १५ र १० हजारका साथमा प्रमाणपत्रसमेत प्राप्त गरे।

स्थानीय घोडा दौड ‘पोनी रेस’तर्फ राज अधिकारीले स्वर्ण पदक जिते। साथमा उनले नगद १५ हजार प्राप्त गरे भने नवीन पुनले कांस्य जित्दै नगद १० हजार र रोहित गौतम कांस्य पदक जित्दै नगद पाँच हजार प्राप्त गरे।

महिलातर्फ समेत प्रदर्शनी खेल भएको थियो। पोखरामा महिला घोडचढी प्रदर्शनी पहिलो पटक गरिएको आयोजकले जनाएको छ। महिला प्रदर्शनी सिक्स बारमा भएको इभेन्टमा कविता थापा, यामकुमारी राना र सरिता श्रेष्ठले सहभागिता जनाएका थिए।

विजेताहरूलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, पश्चिम पृतनापति काजीबहादुर खत्री, गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्ट, नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, नेपाल इक्विस्ट्रियन संघका अध्यक्ष रवि राजकर्णिकार, महासचिव बलराम श्रेष्ठलगायतले पदक, प्रमाणपत्र र नगद प्रदान गरेका थिए।

प्रकाशित: २१ वैशाख २०७६ ०७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App