खेल

मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा बार्सिलोना विजयी

एजेन्सी - च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब लिभरपुललाई पराजित गरेको छ। कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३–० ले पराजित गरेको हो।

बुधबार राति घरेलु मैदानमा भएको  खेलमा मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरे। २६ औँ मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लियो। दोस्रो हाफमा मेस्सीले दुई गोल थपेका हुन्। उनले ७५ र ८२ औँ मिनेट अर्थात सात मिनेटको बिचमा दुई गोल गरेका हुन्। मेस्सीको गोलपछि बार्सिलोना ३–० ले विजयी भयो।

प्रकाशित: १९ वैशाख २०७६ ०१:२१ बिहीबार

च्याम्पियन्स_लिग बार्सिलोना लिभरपुल