खेल

आइपीएलमा चेन्नइ र दिल्ली भिड्दै, शीर्षताको होड

नयाँ दिल्ली– भारतमा जारी इण्डियन प्रिमियर लिग आइपीएलको आजको खेलमा दिल्ली क्यापिटल्स र चेन्नइ सुपर किंग्स प्रतिस्पर्धामा उत्रँदै छन्। प्लेअफमा पुगिसकेका यी टोली अंक तालिकाको शीर्ष २ मा रहेका छन्। समान १२ खेल खेलेका दुबै टोलीले समान ८ जीत र ४ हार ब्यहोर्दै १६ अंक हासिल गरेका छन्।  नेटरनरेटको आधारमा भने दिल्ली क्यापिटल्स अगाडि रहेको छ।

पछिल्ला ५ खेललाई हेर्ने हो भने ३ खेल चेन्नइले जितेको छ भने बाँकी २ खेल दिल्लीले जितेको छ। आजको खेल चेन्नइको गृहमैदान चिदाम्बराम क्रिकेट स्टेडियममा खेल हुने छ। बेलुकी ८ः१५ बाट सुरु हुने आजको खेल शीर्षताको लागि हुने छ।
नेपाली स्पीनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। यद्यपी, बेङ्गलोर विरुद्धको खेलमा भने लामिछाने महँगो सावित भएका थिए। उनले जारी लिगमा ८ विकेट लिइसकेका छन् ।    
 

प्रकाशित: १८ वैशाख २०७६ १०:०८ बुधबार

इण्डियन_प्रिमियर_लिग दिल्ली_क्यापिटल्स सन्दीप_लामिछाने