खेल

एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेटको उपाधि नेपाललाई

तस्बिरः रमन शिवाकाेटी

काठमाडाैं– थाइल्याण्डमा सम्पन्न  एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोश्रो पटक विजयी भएको छ।
आइतबार भएको खेलमा मलेसियालाई ५९ रनले हराउँदै नेपालले उपाधी कब्जा गरेको हो। थाइल्याण्डको चियाङमाईमा आइतबार भएको खेलमा नेपालले मलेसियालाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन, दिपक बोहोराले २३ रन तथा  बिशाल बिक्रम केसीले १७ रन बनाए। त्यस्तै निखिल कुमार सिंहको १३ रन बाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

१४१ रनको लक्ष्य पछ्याएको मलेसिया ३४ ओभर ५ बलमा अलआउट हुँदै ८१ रनमा समेटियो। मलेसियालाई सस्तैमा समेट्न बिशाल कुमार पटेलकाे ४ विकेट, दीपक बिहोराकाे ३ विकेट महत्वपूर्ण रह्यो।

प्रकाशित: १५ वैशाख २०७६ ०९:३४ आइतबार

एसीसी_यू–१६ पूर्वी_क्षेत्रिय_क्रिकेट नेपाल_क्रिकेट