खेल

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले उचाल्यो

स्पेन - स्पेनिस ला लिगा फुटबलको उपाधि  बार्सिलोनाले उचालेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १-० हराउँदै तीन खेल अघि नै उपाधि पक्का गरेको हो।

बार्सिलोनाको हिजोको जितमा निरणायक गोल लियोनेल मेस्सीले गरेका थिए। पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको ६२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले विजयी गोल गरे। मेस्सी यस सिजनका सर्वाधिक गोलकर्तासमेत हुन्। उनको खातामा ३४ गोल जम्मा भइसकेको छ।

बार्सिलोनाले २६ औँ पटक ला लिगाको उपाधि जितेको हो। ला लिगा अन्तर्गत शनिबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले रियल भालाडोलिडलाई १–० ले हरायो छ भने एथ्लेटिको बिल्बाओ र एलाभेसले १–१ बराबरी गर्दा लेगानेस र सेल्टा डी भिगोले गोलरहित बराबरी खेले।

प्रकाशित: १५ वैशाख २०७६ ०१:१९ आइतबार

स्पेनिस_ला_लिगा_फुटबल बार्सिलोना लेभान्टे लियोनेल_मेस्सी