खेल

पर्यटन प्रवर्द्धनका लागि पोखरामा ‘एमआरआर’को फुटसल

काठमाडौं– पर्यटन प्रवर्द्धनको उद्देश्यसहित पोखरामा फुटसल प्रतियोगिता हुने भएको छ। फेसबुक समूह ‘मेन्स रुम रिलोडेड’ले वैशाख १४ देखि एरेना गैह्रापाटनमा ‘एमआरआर फुटसल २०७६’ आयेजना गर्न लागेको हो। 

नेपाल पर्यटन वर्ष २०२० को प्रवर्द्धनका लागि खेलकुद घुमघाम दाजुभाइको प्यार, पर्यटन प्रवर्द्धनमा हामी ‘एमआरआर’ नाराकासहित हुने प्रतियोगितामा देशभरका ८ टिमको सहभागिता रहने छ।

झापा, बुटवल, चितवन र धनगढीका १÷१ तथा काठमाडौं र पोखराका दुई–दुई टोलीले सहभागिता जनाउने छन्। आपसी भाइचारा एवं भातृत्व प्रेम बढाउन पनि कार्यक्रम लाभदायक रहने आयोजक मेन्स रुम रिलोडेडको विश्वास छ। 

प्रकाशित: १३ वैशाख २०७६ १३:३८ शुक्रबार

फुटसल पोखरा पर्यटन_प्रवर्द्धन मेन्स_रुम_रिलोडेड