खेल

कराँतेको अन्तर्राष्ट्रिय प्रतियोगिता चितवनमा

चितवन– चितवनमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको कराँते प्रतियोगिता हुनेभएको छ।

जापान गोजुरियो कराँते डो केन्वाकाई नेपाल सङ्घ चितवन शाखाको आयोजनामा तेस्रो इण्डो–नेपाल कराँते प्रतियोगिता हुन लागेको सङ्घका सल्लाहकार तथा प्रतियोगिता संयोजक पुष्प आचार्यले जानकारी दिए। प्रतियोगिता यही वैशाख १९ गते देखि २१ गतेसम्म भरतपुर महानगरपालिका–१५ मङ्गलपुरमा हुने आयोजकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो। प्रतियोगितामा नेपालका ३५० र भारतका ५० गरी ४०० जना खेलाडीले सहभागिता जनाउने छन्। चितवनबाट मात्र ६० जना खेलाडीले सहभागीता जनाउने उनले बताए।

सहभागी खेलाडीले उमेर समूह, तौल समूह र खुल्लामा प्रतिस्पर्धा गर्ने आचार्यले जानकारी दिए। ६ देखि १३ वर्षका खेलाडीले उमेर समूहमा र १३ देखि १९ वर्षकाले तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। १९ वर्ष माथिकाले भने खुल्लातर्फ प्रतिस्पर्धा गर्ने बताइएको छ। रासस

प्रकाशित: १३ वैशाख २०७६ ०९:३० शुक्रबार

कराँते_प्रतियोगिता चितवन डो_केन्वाकाई_नेपाल_सङ्घ इण्डो–नेपाल_कराँते