खेल

आइपीएल क्रिकेटः कोलकाताको लगातार छैठौं हार

काठमाडौं - १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत राजस्थान रोयल्सले कोलकत्ता नाइट राईडर्सलाई ३ विकेटले पराजित गरेको छ। इडेन गार्डेन स्टेडियममा बिहिबार भएको खेलमा राजस्थानले कोलकत्तालाई ३ विकेटले पराजित गरेको हो ।

कोलकत्ताले दिएको १७६ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गर्यो। राजस्थानको जितमा रियान परागले सर्वाधिक ४७ रन बनाए। यस्तै अजिंका रहानेले ३४ रन जोड्दा सन्जुसामसनले २२ रन बनाए।

जोफ्रा अर्चार २७ रनमा अविजित रहे। कोलकत्ताक पियुस चावलाले ३ तथा सुनिल नारिनेले २ विकेट लिए। जितसँगै राजस्थानले ११ खेलबाट ८ अंक जोड्दै सातौँ स्थानमा पुगेको छ। कोलकत्ता ११ खेलबाट ८ अंक जोडेर छैटौँ स्थानमा छ।

प्रकाशित: १३ वैशाख २०७६ ००:४५ शुक्रबार

आईपीएल राजस्थान_रोयल्स कोलकत्ता_नाइट_राईडर्स रियान_पराग