खेल

महिला फुटबलमा एपिएफको गोल वर्षा

देवेन्द्र बस्नेत/ किरणमान वज्राचार्य

दाङ/कपिलवस्तु - आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार महिला फुटबलमा एपिएफ र आर्मीले रबाफिलो जित हात पार्दा प्रदेश–२ ले पनि सुखद नतिजालाई दोस्रो दिन पनि निरन्तरता दिएको छ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा जारी महिला फुटबलमा दुवै टोलीले एकपक्षीय  रूपमा खेल जिते। बिहीबार भएको दोस्रो खेलमा एपिएफले कर्णालीमाथि गोलको वर्षा गर्दै ऐतिहासिक जित दर्ता ग¥यो। एपिएफले कर्णालीलाई २३–० ले निराश पा¥यो। पहिलो हाफमा ९ गोल गरेको एपिएफले दोस्रो हाफमा १४ गोल थपेको थियो। पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशमाथि ११–० को जित हात पा¥यो। यता बिहीबारै महिला फुटबल प्रतियोगिताअन्तर्गत दाङमा भएको खेलमा प्रदेश–२ ले प्रदेश–५ लाई ३–१ ले हरायो। प्रतियोगिताअन्तर्गत शुक्रबार नेपाल प्रहरी र प्रदेश– ५ त्यस्तै प्रदेश नम्बर २ र ३ बीच खेल हुनेछ। ११ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र ३ विभागीय टोली गरी दश टोलीको सहभागिता रहेको छ।

सटपुटमा चन्द्रकलाको कीर्तिमान
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बिहीबारदेखि दाङको बेलझुन्डीमा सुरु भएको एथ्लेटिक्सको  १ सय  मिटर दौडमा महिलातर्फ त्रिभुवन आर्मीकी सरस्वती चौधरीले स्वर्ण पदक जितेकी छिन्। सरस्वतीले निर्धारित दूरी १२.१९ सेकेन्डमा गर्दै स्वर्ण पदक जितेकी हुन्। यसै गरी प्रदेश पाँचकी जयरानी चौधरीले रजत, आर्मीकी कृष्णा चौधरीले कांस्य पदक जिते।

यसै गरी एक सय मिटर पुरुष दौडमा एपिएफका आशिष चौधरीले एक सय मिटर दौड ११ सेकेन्डमा पार गर्दै स्वर्ण पदक जिते। कर्णाली प्रदेशका यमसाजन सुनारले ११.१० सेकेन्डमा दूरी पार गर्दै रजत र आर्मीका आनन्ददेव चौधरीले कांस्य पदक हात पारे। १० हजार मिटर महिला प्रतिस्पर्धामा नेपाल आर्मीकी विश्वरूपा बुढाले स्वर्ण पदक जितिन्। १० हजार मिटर पुरुष दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जिते। ३१ मिनेट ३.१ सेकेन्डमा दूरी पूरा गर्दै पदक जित्न सफल भए। गण्डकी प्रदेशका अनिष थापाले रजत पदक हात पार्दा एपिएफका गोपीचन्द्र पार्कीले कांस्य जिते। सटपुटतर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक जितेका छन्।

यस्तै नेपाल पुलिसका पुष्कल शर्माले रजत र आर्मीकै चित्रबहादुर वलीले कांस्य पदक हात पारे। त्यस्तै महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले कीर्तिमानी स्वर्ण पदक जितिन्। उनले १२.०४ मिटरका साथ स्वर्ण जित्दा नयाँ कीर्तिमान बनेको हो। यसअघि उनले इटहरीमा भएको राखेप च्याम्पियनसिपमा बनाएको ११ मिटर ५६ सेन्टिमिटरको कीर्तिमानमा सुधार गरेकी हुन्। यसै गरी प्रदेश ५ की संगीता अधिकारीले रजत पदक जित्दा नेपाल पुलिसकी वसन्ती चौधरीले कांस्य पदक जितिन्।

ह्यान्डबल: आर्मीको दोहोरो जित
आर्मीले आठौं खेलकुदअन्तर्गत ह्यान्डबलमा दोहोरो जित हात पारेको छ। पुरुषमा आर्मीले प्रदेश–५ लाई ४२–१७ ले पराजित ग¥यो। नेपालगन्ज रंगशालामा भएको प्रतियोगिताको पुरुषतर्फ गण्डकीले कर्णाली प्रदेशलाई ४०–१५ ले हरायो। नेपालगन्जको सदरलाइनस्थित जिल्ला प्रशासन कार्यालयमा भएको महिलाको प्रतिस्पर्धामा आर्मीले प्रदेश–३ लाई ३३–४ तथा प्रदेश–५ ले कर्णालीलाई १०–७ ले पन्छाए। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले एक कार्यक्रमबीच शुभारम्भ गरे। 

ब्याडमिन्टन:सीता सेमिफाइनलमा
दाङ, वैशाख  ५ (नागरिक) – एपिएफकी शोभा गौचनलाई पराजित गर्दै प्रदेश १ की सीता राई दाङमा जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टन महिला एकले स्पर्धाको सेमिफाइनलमा प्रवेश गरेकी छिन्।

सीताले शोभालाई २१–१७, २१–१५ को सोझो सेटमा पराजित गरेकी हुन्। सीताले फाइनल प्रवेशका लागि आर्मीकी नङ्सलदेवी तामाङको सामना गर्नेछिन्। अन्तिम चारमा स्थान बनाउन  आर्मीकी नङ्सलले आर्मीकै रञ्जना भट्टलाई २१–१८, २१–१२ ले हराउँदा आर्मीकी अनुमाया राईले उदीयमान खेलाडी एपिएफकी जेसिका गुरुङलाई २१–१६, २१–९ ले हराउँदै आर्मीकी रसिला महर्जनसँगको भेट पक्का गरिन्। रसिलाले प्रदेश १ की सीमा राजवंशीलाई २१–१४, २१–११ ले पराजित गरिन्।

पुरुष एकलतर्फ आर्मीका रत्नजित तामाङले पुलिसका जीवन आचार्यलाई २१–१०, २१–११ ले पराजित गरे। अब रत्नले फाइनल प्रवेशका लागि प्रदेश–१ का प्रिन्स दाहालसँग प्रतिस्पर्धा गर्नेछन्। यस्तै प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २१–१०, २१–१० ले हराउँदै रत्नजितसँगको भेट पक्का गरे। यस्तै विकास श्रेष्ठले आर्मीका नवीन श्रेष्ठमाथि २१–१५, १५–२१, २१–१६ को रोमाञ्चक जित निकाल्द सुदूर पश्चिमका दीपेश धामीसँगको भेट पक्का गरे। दीपेशले पुलिसका दीपक बोहरालाई २१–१७, २१–१५ ले हराउँदै अन्तिम चारमा स्थान बनाए।

प्रतियोगिताको महिला युगलतर्फ आर्मीका नङ्सलदेवी तामाङ र अनुमाया राईको जोडी तथा अमिता गिरी र रसिला महर्जनको जोडी पनि सेमिफाइनलमा प्रवेश गरे। पुरुष युगलको प्रतिस्पर्धामा पनि आर्मीका तीन टिम सेमिफाइनल प्रवेश गरेका छन्। आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी, सुरोज महर्जन र प्रफुल महर्जनको जोडी तथा पविन लिनथेप र रुकेश महर्जनको जोडी पनि अन्तिम चारमा पुगेका छन्। 

मिश्रित युगलतर्फको खेलमा एपिएफका पूजा श्रेष्ठ र दीपेश धामीको जोडीले आर्मीका सुरोज महर्जन र रसिला महर्जनको जोडीलाई २१–१०, २१–११ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे। अर्को प्रतिस्पर्धामा एपिएफका जेसिका गुरुङ र गौतम सिंह कठायतको जोडीले सेनाका रञ्जना भट्ट र रुकेश महर्जनको जोडीमाथि २१–१३, २१–१८ को जित निकाले। यस्तै सेनाका अमिता गिरी र नवीन श्रेष्ठले प्रदेश १ का सीता राई र विकास श्रेष्ठको जोडीमाथि २१–१२, २१–६ को जित निकाल्दै पूजा र दीपेशसँगको भेट पक्का गरे। अर्को सेमिफाइनलमा सेनाका रत्नजित तामाङ र अनुमाया राईको जोडीले एपिएफका विजित थापामगर र शोभा गौचनको जोडीलाई १६–२१, २१–१३, २१–८ ले पराजित गर्दै एपिएफका गौतम र जेसिकासँगको भेट पक्का गरे।

महिला क्रिकेट: एपिएफ र प्रदेश १ विजयी
दाङ, वैशाख ५ (नागरिक)– आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट प्रतियोगिताको बिहीबार एपिएफ र प्रदेश नं. १ विजयी भएका छन्। एपिएफ ७ विकेटले र १ नम्बर प्रदेश १० विकेटले विजयी भएका हुन्। पहिला ब्याटिङ गर्दै सुदूर पश्चिमले दिएको ७२ रनको लक्ष्य पछ्याएको एपिएफले १२.४ ओभरमा लक्ष्य पूरा ग¥यो। यस्तै बिहीबारकै दोस्रो खेलमा प्रदेश–१ ले प्रदेश–२ लाई १० विकेटले हरायो। टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले निर्धारित २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जबाफी ब्याटिङ गरेको प्रदेश– १ ले ९.५ ओभरमा लक्ष्य भेटाउँदा फराकिलो जित निकाल्न सफल भएको हो।

कबड्डीः आर्मीलाई दोहोरो स्वर्ण
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय कबड्डी पुरुष र महिला दुवैमा विभागीय टोली त्रिभुवन आर्मीले स्वर्ण जितेको छ।
बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई ४२–२१ ले पराजित गरेको हो भने महिला फाइनल भिडन्तमा आर्मीले अर्काे विभागीय टोली पुलिसलाई ३६–२१ ले हराउँदै पदक जित्न सफल भएको हो।

पुरुष क्रिकेट: एपिएफ र सुदूरपश्चिम विजयी
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको बिहीबार  सशस्त्र प्रहरी बलको एपिएफ क्लब र सुदूर पश्चिम प्रदेश विजयी भएका छन्। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा भएको दोस्रो दिनको खेलमा सशस्त्र प्रहरी बलले प्रदेश नं ५ लाई ५ विकेटले पराजित गरेको हो। टस हारेर ब्याटिङ गरेको प्रदेश ५ ले २० ओभरमा आठ विकेट गुमाउदै ९० रन बनाएको थियो। जबाफमा एपिएफले १८.१ ओभरमा ५ विकेट क्षतिमा लक्ष्य भेटायो। यसै गरी बिहिबार नै भएको दोस्रो खेलमा सुदूर पश्चिमले गण्डकी प्रदेशलाई ३१ रनले हरायो। खेलमा सुदूर पश्चिमले निर्धारित २० ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो। जबाफी ब्याटिङ गरेको गण्डकी प्रदेश १९.१ ओभरमा सबै विकेट गुमाउँदा ९१ रनमा समेटियो।

प्रकाशित: ६ वैशाख २०७६ ०२:१८ शुक्रबार

आठौं_राष्ट्रिय_खेलकुद फुटबल