खेल

अन्तिम खेल जितेर पनि नेपालको यू १९ विश्वकपकाे ढाेका बन्द

काठमाडाैं– मलेसियामा सम्पन्न यू१९ विश्वकप छनोटको अन्तिम खेलमा नेपालले कुवेतमाथि जित निकालेको छ। यद्यपी, यो जीत नेपालको विश्वकप यात्रा जारी राख्नका लागि भने पर्याप्त बनेन।

बिहीबारको खेलमा नेपालले कुवेतमाथि ८ विकेटको सहज जित निकाल्यो। खेलमा कुवेतले नेपाललाई १५८ रनको चुनौती प्रस्तुत गरेको थियो । कुवेतका लागि नोमन बुड्रोले सर्वाधिक ७० रनको योगदान दिएका थिए। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ३ विकेट, कुशल मल्ल, सूर्य तामाङ र रसिद खानले समान २/२ विकेट लिएका थिए।

यता, नेपालले उत्कृष्ट ब्याटिङ् गर्दा पवन सर्राफले ५३ रन बनाए भने रित गौतमले ६२ रन बनाए। त्यस्तै आशिफ शेखले अभिजित ३३ रन बनाउँदा सुन्दीप जोराले अभिजित ५ रन बनाए ।  

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोश्रो खेल यूएईसँग १ रनले गुमाएको थियो। उक्त खेलमा मौसमले साथ नदिँदा डिएल मेथडबाट नेपाल पराजित भएको थियो। प्रतियोगिताको विजयी टोली यूएईले भने सबैखेलमा जीत निकाल्दै विश्वकपको ढोका खोलेको छ।   

प्रकाशित: ५ वैशाख २०७६ ०७:३७ बिहीबार

यू१९_विश्वकप नेपाल_क्रिकेट