खेल

पोर्टोलाई हराउँदै लिभरपुल सेमिफाइनल प्रवेश

लन्डन - लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एफसी पोर्टोलाई ४–१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। पहिलो लिगमा २-० ले विजयी भएको लिभरपुल समग्रमा ६–१ ले विजयी भएको हो।

सेमिफाइनलमा उसको भिडन्त बार्सिलोनासँग हुनेछ। पहिलो हाफमा १-० ले अगाडी रहेको लिभरल पुलले बाँकी ३ गोल खेलको दोश्रो हाफमा गरेको हो। दोश्रो हाफको ६५ औं मिनेटमा मोहम्म सलाहले गरेका थिए। यसैगरी खेलको ७७ औ मिनेटमा रोबर्टो फिरमिनोले टोलीका लागि तेश्रो गोल गर्दा ८४ औं मिनेटमा  भान डिजेकले चौथो गोल गरे। पोर्टोका लागि एकमात्र गोल मिलिताओले गरेका थिए।

प्रकाशित: ५ वैशाख २०७६ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App