खेल

विश्वकप क्रिकेटका लागि भारतीय टिममा काे परे, काे बाहिरिए ?

आगामी महिना इंग्ल्यान्डमा हुने विश्वकप क्रिकेटका लागि विराट काेहलीकाे कप्तानीमा भारतीय टोलीको घोषणा गरिएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आज १५ सदस्यीय टोली घोषणा गरेको हो। टिममा रोहित शर्मालाई उपकप्तानकाे जिम्मेवारी दिइएकाे छ। 

शिखर धवन, महेन्द्रसिंह धोनी, दिनेश कार्तिक, युजवेन्द्र चहल, रविन्द्र जडेजा, हार्दिक पाण्ड्य, विजय शंकर, मोहम्मद शमी, केएल राहुल टिममा छन्।

त्यस्तै जसप्रीत बुमराह, केदार जाधव, कुलदीप यादव र भुवेश्वर कुमार पनि टिममा अटाएका छन्। तर, याे टिममा केही फेरबदल हुन सक्ने बिसीसीआईले बताएकाे छ। याे पटक विकेटकिपर ऋषभ पन्त र अम्बाती रायडु टिमबाट बाहिरिएका छन्।

आगामी मे को अन्तिममा विश्वकप क्रिकेट सुरु हुँदै छ। प्रतियाेगितामा भारतले पहिलो खेल जुन ५ मा साउथ अफ्रिकासँग खेल्नेछ। 

 

प्रकाशित: २ वैशाख २०७६ १३:४३ सोमबार

विश्वकप_क्रिकेट भारतीय_टिप विराट_काेहली