खेल

यु १९ विश्वकप छनोट: मलेसियाविरुद्ध नेपालकाे शानदार जित

काठमाडाैं– आइसीसी यू १९ विश्वकप छनोटको सोमबारको खेलमा नेपालले मलेसिया माथि ८ विकेटको सहज जित निकालेको छ।

क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालले टस जितेर मलेसियालाई ब्याटिङको निम्ता दिएको थियो। मलेसियाले फितलो ब्याटिङ् गर्दै ३३ दशमलव ५ ओभरमा ९२ रन बनायो। मलेशियालाई सस्तैमा समेट्न पवन सर्राफ र कुशल मल्लले समान ३/३ विकेट लिए भने कमलसिंह ऐरीले २ विकेट तथा सागर ढकालले १ विकेट लिए।

९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर रित गौतमले अभिजित ३९ रन, आशिफ शेखले २६ रन तथा पवन सर्राफले १९ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले अभिजित ६ रन बनाए।

आइसीसी यू १९ विश्वकप छनोटमा पहिलो खेलमा सिंगापुरमाथि जित निकालेको थियो भने दोश्रो खेलमा यूएईसँग पराजित भएको थियो। आजको खेलमा जित निकालेसँगै प्रतियाेगितामा नेपालले दोश्रो जित निकालेको छ।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, युएई, कुवेत, ओमान र सिंगापुर सहभागी छन्। नेपालले चौथो खेल ओमानसँग वैशाख ३ गते र अन्तिम खेल कुवेतसँग वैशाख ५ गते खेल्नेछ।

प्रकाशित: २ वैशाख २०७६ ०५:०८ सोमबार

यू_१९_विश्वकप छनोट नेपाल_क्रिकेट यू_१९_क्रिकेट