खेल

कुस्तीमा प्रदेशकै दबदबा

साग पदकधारी कुस्तीबाज सरोज यादव आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ६५ केजी तौलसमूहमा आफूले जितेको स्वर्ण पदक देखाउँदै। तस्बिर: किरणमान बज्राचार्य/नागरिक

कपिलवस्तु - आठौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत कुस्तीमा प्रदेशको दबदबा कायमै रहँदा स्वर्ण पदकमा प्रदेश–२ र सुदूरपश्चिम प्रदेशले वर्चस्व कायम गरेका छन्। पुरुषततर्फ प्रदेश–२ ले कुल ६ स्वर्ण र ३ रजत जित्दा महिलामा सुदूरले पनि ६ स्वर्ण, ३ रजत र एक कांस्य पदक आफ्नो बनाउन सफल भयो। सुदूरले पुरुषतर्पm पनि २ रजत र चार कांस्य पदक प्राप्त गरेको छ।

त्रिभुवन आर्मीले कुस्तीमा कुल ४ स्वर्ण र ३ रजत जित्न सफल भयो। त्यसक्रममा आर्मीले पुरुष एक र रजत तथा महिलामा ३ स्वर्ण र २ रजत पदक जितेको थियो। प्रदेश–५ ले पुरुष ३ स्वर्ण र ३ कांस्य तथा महिलामा २ रजत र ३ कांस्य पदक प्राप्त गरेको थियो। प्रदेश–१ ले एक स्वर्ण र ६ कांस्य तथा नेपाल पुलिस ४ रजत र ६ कांस्यमै सीमित बन्यो। प्रदेश–३ ले २ रजत र  एक कांस्य तथा कर्णाली प्रदेशले एक कांस्य पदक मात्र चित्त बुझाएको छ। पुरुषमा ६५ केजी तौलसमूहमा १२औं सागका कांस्य पदक विजेता सरोज यादवले प्रदेश–२ लाई स्वर्ण पदक दिलाए। उनले फाइनलमा पुलिसका रितेशप्रसाद यादवलाई हराउँदै स्वर्ण हत्याए। पुरुष ५७ केजीमा प्रदेश–२ का नरेश यादवले आर्मीका तिलक देउजालाई, ६१ केजी तौलसमूहमा प्रदेश–२ का जयमंगल थारु, ७० केजीमा आर्मी सुरेश चुनारा र ७४ केजीमा प्रदेश–५ का  बैजनाथ यादवले स्वर्ण पदक जितेका छन्।

७९ केजी तौलसमूहमा प्रदेश–२ का पुन्नीलला राउत, ८६ केजीमा प्रदेश–५ का भुनेश्वर यादव, ९२ केजीमा प्रदेश–२ का समीरा शाह, ९७ केजीमा प्रदेश–५ का रमेश गोतामेले र १ सय २५ केजीमा प्रदेश–२ का राज यादव स्वर्ण जिते।
महितातर्पm ५० केजी तौलसमूहमा सुदूर प्रदेशकी मनिता शाह, ५३ केजीमा सुदूरकी सिवाङ्गी दुबे, ५५ केजीमा सुदूरकी संगीता धामी, ५७ केजीमा आर्मीकी कल्पना बिक, ५९ केजीमा आर्मीकी कविता पुन, ६२ केजीमा आर्मीकी सुशीला चन्द, ६५ केजीमा सुदूरकी निरा आउजी, ६८ केजीमा सुदूरकी बिमला सुनार, ७२ केजीमा सुदूरकी लक्ष्मी खत्री र ७६ केजीमा प्रदेश–१ की श्रीजासु गिरीले स्वर्ण जितिन्।

प्रकाशित: ३० चैत्र २०७५ ००:३९ शनिबार

आठौं_राष्ट्रिय_प्रतियोगिता प्रदेश स्वर्ण_पदक सुदूरपश्चिम