खेल

क्वार्टरफाईनलमा चेल्सीको संघर्षपुर्ण जित

काठमाडाैँ - युरोपा लिग फुटबलको खेलमा चेल्सीले संघर्षपुर्ण जित निकालेको छ। बिहिबार राति भएको क्वार्टरफाईनलको पहिलो लेगको खेलमा चेल्सीले संघर्षपुर्ण जित निकालेको हाे। खेल सकिन चार मिनेट बाँकी छँदा चेल्सीले चेक टोली स्लाभिया प्रागलाई १–० गोल अन्तरले हराएको हो ।

चेल्सीको जितमा एक मात्र गोल एलान्सोले गरे । विलियनको क्रसमा उनले गोल गरेका थिए । दोस्रो लेगको खेल अप्रिल १८ मा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ । प्रागको घरेलु मैदानमा चेल्सी लयमा देखिन निकै संघर्षरत देखिन्थ्यो । मुख्य खेलाडी ईडेन हजार्डलाई लण्डन क्लबले बेन्चमा राखेको थियो ।

प्रकाशित: २९ चैत्र २०७५ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App