खेल

भीएनसीए टी–१० मा ८ टोली भिड्ने, तीन लाख पुरस्कार

काठमाडौं– भिक्टोरियन नेप्लिज क्रिकेट एशोसियशन भिएनसीएको आयोजनमा अष्ट्रेलियाको मेल्बर्नमा हुने टी १० प्रतियोगितामा ८ वटा टोलीले सहभागिता जनाउने भएका छन्। एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको मुख्य प्रायोजनमा अप्रिल १३ र १४ तारिकमा मेल्बर्नको बोइङ रिजर्भ हुने खेलमा  तीन लाख रुपैयाँ राशीको पुरस्कारका लागि आठ वटा टोलीबीच खेल हुने भिएनसीएका अध्यक्ष एवं राष्ट्रिय क्रिकेट टोली नेपालका पूर्व खेलाडी यश्वन्त सुवेदीले बताए।

उपाधी भिडन्तका लागि  एक्सपर्ट क्रिकेट क्लब, सगरमाथा ए, सगरमाथा बी, गोर्खाली क्रिकेट क्लब, द हिमालयन क्रिकेट कल्ब, रोयन राइनोज, नारे किङ्गस र ब्रिलियन्ट क्रिकेट कल्ब मैदानमा उत्रने भएका हुन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले  अजि फाइनान्सको तर्फबाट आकर्षक पुरस्कार पाउनेछन् भने स्टडीज स्पोर्टसको तर्फबाट क्रिकेट सम्बन्धी सामाग्री प्राप्त गर्नेछन्।

यसअघि एकदिवसीय र टीट्वान्टी प्रतियोगिता गर्दै आएको भीएसनसीले यस पटक टी(१० स्वरुपमा प्रतियोगिता गरेको हो। प्रतियोगिता उत्साहजनक बनाउन नयाँ स्वरुपमा आयोजना गर्न लागिएको राष्ट्रिय क्रिकेट टोली नेपालका पूर्व खेलाडी एवं भीएनसीका अध्यक्ष सुवेदीले बताए।

प्रकाशित: २८ चैत्र २०७५ ०३:२६ बिहीबार

भिक्टोरियन_नेप्लिज_क्रिकेट_एशोसियशन अष्ट्रेलिया