खेल

क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी

काठमाडौं - च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले इंलिस क्लब म्यानचेस्टर युनाईटेडलाई १–० गोल अन्तरले जित निकालेकाे हाे।

जितमा बार्सिलोनाले गोल भने गर्नु परेन । १२ औँ मिनेटमा पाएको उपहार गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो। १२ औँ मिनेटमा युनाइटेडका ल्युक सवले आत्मघाती गोल गरेका हुन्। लुइस स्वारेजको हेड बललाई जोगाउने क्रममा सवले आफ्नै पोस्टमा गोल गरेका हुन्।

यो जितसंगै बार्सिलोनाले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। युनाईटेडलाई भने सेमिफाइनलमा पुग्न दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्नु पर्ने भएको छ।

युनाइटेडका गोलरक्षक डेविड डी हेयाले बार्सिलोनाका फिलिप कोन्टिन्हो र लियोनल मेस्सीको प्रहारको सुन्दर बचाउ गरे। युनाइटेडले गोल गर्न नसक्दा घरेलु मैदानको खेल गुमायो। दोस्रो लेग अप्रिल १६ मा बार्सिलोनाको मैदानमा हुनेछ।

प्रकाशित: २८ चैत्र २०७५ ०१:४७ बिहीबार

च्याम्पियन्स_लिग_फुटबल स्पेनिस_क्लब_बार्सिलोना इंलिस_क्लब_म्यानचेस्टर क्वाटरफाइनल