खेल

फराकिलो हारबाट नेपालको सम्भावना कमजोर

म्यानमारका खेलाडीसँग बलका लागि प्रतिस्पर्धा गर्दै मञ्जली योन्जन। तस्बिर: म्यानमार फुटबल

काठमाडौं– नेपाली महिला फुटबल टोलीले २०२० टोकियो ओलम्पिक एसिया क्षेत्र छनोटको दोस्रो चरणको खेलमा खराब सुरुआत गर्दा म्यानमारसँग ३–१ को लज्जापूर्ण हार बेहोरेको छ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा बुधबार घरेलु टोली म्यानमारसँग हार बेहोरेसँगै तेस्रो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ। फराकिलो हारसँगै चार राष्ट्र सम्मिलित समूहबाट शीर्ष स्थानमा रहने नेपालको सम्भावना कमजोर बनेको हो। प्रत्येक समूहबाट शीर्ष टोलीले मात्र तेस्रो चरणमा स्थानमा बनाउनेछ। 

बुधबार भएको सोही समूहको अर्को खेलमा भारतले इन्डोनेसियालाई २–० ले पराजित गर्दै आफूलाई दोस्रो स्थानमा उभ्याएको छ। म्यानमार भने अंकतालिकाको शीर्ष स्थानमा छ भने नेपाल पुछारमा पुगेको छ।

खेलमा म्यानमारले पुरानै शैलीमा नेपालमाथि सुरुआतदेखि दबाब बनाएको थियो। नेपाल खेलको २४औं मिनेटमै पछाडि प¥यो। नेपाली डिफेन्सको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै यीयी ओकाले पेनाल्टी क्षेत्रनजिकबाटै गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि पनि म्यानमारले पहिलो हाफमा निकै आक्रमण गरे पनि नेपाली डिफेन्सले त्यसलाई विफल पारेका थिए।

तर, पहिलो हाफमै नेपाल खेलमा फर्कन सफल भयो। नेपालकी कप्तान निरु थापाले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याइन्। दोस्रो हाफको सुरुआती मिनेटमा नै नेपाल पुनः पछि प-यो। म्यानमारका लागि विन थेंगी तुनले पेनाल्टीमा गोल गर्दै म्यानमार लाई अग्रता दिलाइन्। 

खेलको ९०औं मिनेटमा पनि तुनले नै अर्को गोल थप्दै म्यानमारलाई ३–१ को जित दिलाइन्। गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले क्रसमा आएको बल फुस्काएपछि तुनले खाली पोस्टमा गोल गरेकी थिइन्।

 

प्रकाशित: २१ चैत्र २०७५ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App