खेल

आलमलाई अग्रहरी सेवा सम्मान

काठमाडौं – नेपालका अलराउन्ड मेहबुब आलम कर्मयोगी लखनराम अग्रहरी सेवा सम्मानबाट सम्मानित हुने भएका छन्।महबुब सन् २००८ मा आइसिसी विश्व क्रिकट लिग डिभिजन फाइभमा मोजाम्बिकविरुद्धको खेलमा १०विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए।

नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक अध्यक्ष सीताराम अग्रहरीले आफ्ना बुबा लखनराम अग्रहरीको स्मृतिमा लखनराम अग्रहरी र आमा गणपति देवीको स्मृतिमा गणपतिदेवी सेवा सम्मान पुरस्कार स्थापित गरेका थिए। सम्मानको पुरस्कार राशि १० हजार १० रुपियाँ छ । सो सम्मान वैशाख ७ गते सुनसरीको दुहबीमा प्रदान गरिनेछ।

प्रकाशित: १५ चैत्र २०७५ ०४:३१ शुक्रबार

मेहबुब_आलम सम्मान