खेल

आइपिएलको नयाँ संस्करण आजबाट, उद्घाटन खेलमा धोनी र कोहलीको टिम भिड्दै

काठमाडौं – विश्वकै सर्वाधिक लोकप्रिय इण्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार बेलुकी ८ः१५ बाट  चेन्नईको एमए चिदम्बरम रंगशालामा सुरु हुनेछ।

साविक विजेता समेत रहेको चेन्नई सुपर किंग्सको कप्तानी महेन्द्रसिंह धोनीले सम्हाल्नेछन् भने बैंगलोरको नेतृत्व विराट कोहलीले गर्नेछन्। दुवै टोलीलाई उपाधिका दाबेदारीका रुपमा हेरिएको छ। चेन्नईले अहिलेसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ।

बैंगलोरले भने अहिलसम्म उपाधि जित्न सकेको छैन्। ३ पटक फाइनलमा पुगेर बैंगोरले उपाधि जित्न सकेको छैन्। स्टार खेलाडीले भरिएर पनि बैंलोरले अहिलेसम्म उपाधि जित्न सकेको छैन्। आइपिएलको इतिहासमा दुवै टोली अहिलेसम्म २२ पटक आमने–सामने भएका छन्। जसमध्ये १४ खेलमा चेन्नई र ७ खेलमा बैंगलोर विजयी भएका छन्। एक खेल भने नतिजाविहीन भएको छ।

चेन्नईमा धोनीका अलवा रबिन्द्र जडेजा, सुरेश रैना, ड्वाने ब्राभो, शेन वाटसन, केदार जादव, अम्बाती रायुडु, फाप डु प्लेसिस, मोहित शर्मा, मुरली विजय, साम विलिंग्स, इम्रान ताहिर, दिपक चाहर जस्ता खेलाडी छन्।

यता बैंगलोरमा भने कोहलीको अलवा एबी डि भिलियर्स, मोइन अली, पार्थिभ पटेल, सिम्रोन हेटमेयर, शिवम दुवे, वासिङटन सुन्दर, युजभेन्द्र चाहल, उमेश यादव, टिम साउथी, मोहम्मद सिराजजस्ता खेलाडी छन्।

चेन्नई र बैंगलोरका अलवा मुम्बई इण्डियन्स, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पञ्जाव गरी ८ टोलीको सहभागिता रहेको छ। खेलमा प्लेअफ र फाइनल गरी जम्मा ५६ वटा खेल हुनेछन्।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन्। गत संस्करणमा दोस्रो रोजाइमा परेर २ वटा खेलमा अवसर पाएका सन्दीपले ५ विकेट दिएका थिए। यसपाली भने उनी पहिलो रोजाईमा पर्ने अपेक्षा गरिएको छ। 

 

प्रकाशित: ९ चैत्र २०७५ ०६:०६ शनिबार

आइपिएल नयाँ_संस्करण उद्घाटन_खेल चेन्नई_सुपर_किंग्स रोयल_च्यालेन्जर्स_बैंगलोर