खेल

पहिलो हाफमा नेपाल र भारतको बराबरी

काठमाडौं – पाँचौं महिला साफ च्याम्पियनसिपको उपाधिका लागि अहिले घरेलु टोली नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ। विराटनगरको सहिद रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा दुवै टोलीले १–१ को बराबरी खेलेका छन्।

निकै प्रतिस्पर्धात्मक एवं रोचक खेलको २६ औं मिनेटमा भारतकी डालिमा छिपरले फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि भारतले सुरुवाती अग्रता लिएको थियो। डालिमाले ३० यार्ड टाढाबाट हानेको प्रहारलाई गोलकिपर एन्जिला तुम्बाप्पोले बचाउँन सकिनन्।

तर, ३३ औं मिनेटमा गीता राईको पासमा स्ट्राइकर सावित्रा भण्डारीले हेडमार्फत गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन्।खेलमा नेपालले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन्। नेपाल पहिलो पटक साफ जित्ने लक्ष्यका साथ मैदान उत्रिएको छ। 

प्रकाशित: ८ चैत्र २०७५ १०:०२ शुक्रबार

साफ_महिला_च्याम्पियनसिप नेपाल