खेल

महिला साफ च्याम्पियनसीपः उपाधिका लागि नेपाल भारतसँग भिड्ने

काठमाडौं– पाँचौं महिला साफ च्याम्पियनसीपको उपाधिका लागि नेपालले भारतको सामना गर्ने भएको छ। 

बंगलादेशलाई सेमीफाइनलमा  ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको भारत उपाधिका लागि नेपालको प्रतिस्पर्धी बनेको हो। यसअघि श्रीलंकालाई ४–० गोल अन्तरले नै पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो। 

च्याम्पियनसीपमा भारत पाँचौंपटक फाइनलमा पुग्ने टोली हो। नेपाल भने चौथोपटक फाइनल पुगेको हो। 

साफ च्याम्पियनसिपमा यसअघि भारतसँग पराजित हुँदै आएको नेपाल पहिलो पटक घरेलु मैदानमा आयोजित च्याम्पियन बन्ने दाउमा छ। 

प्रकाशित: ६ चैत्र २०७५ ११:२० बुधबार

महिला_साफ_च्याम्पियनसीप नेपाल भारत उपाधि