खेल

उल्भरह्याम्टनसँग पराजित हुँदै म्याचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो

काठमाडौं – म्यानचेस्टर युनाइटेड एफए कप फुटबलबाट बाहिरिएको छ। शनिबार राति सम्पन्न क्वाटरफाइनलमा उल्भरह्याम्टनसँग २–१ ले पराजित हुँदै युनाइटेड प्रतियोगिताबाट बाहिरिएको हो।

निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ७० औं मिनेटमा राहुल जिमिनेजको गोलमा उल्भरह्याम्टनले अग्रता लिएको थियो।

७६ औं मिनेटमा जोटाले गोल गर्दै उल्भरह्याम्टनको अग्रता दोब्बर पारे। २ गोलले पछि परेको युनाइटेडले इन्जुरी समयको अन्तिममा मार्कुस रास्फोर्डको गोलमार्फत अन्तर कम गरे पनि हार भने टार्न सकेन्।

युनाइटेडलाई पराजित गरेको उल्भरह्याम्टन भने २१ वर्षपछि एफए कपको सेमिफाइनलमा पुगेको हो। यसअघि उल्भरह्याम्टन सन् १९९७९८ को सिजन सेमिफाइनल पुगेको थियो।

 

प्रकाशित: ३ चैत्र २०७५ ०५:५५ आइतबार

म्यानचेस्टर_युनाइटेड एफए_कप फुटबल उल्भरह्याम्टन