खेल

होन्डा नेपाल ड्रिम कप सम्पन्न

काठमाडौं – नेपालमा पहिलो पटक होन्डाले ‘होन्डा नेपाल ड्रिम कप २०१९’ रेसिङ च्याम्पियनसिप आयोजना गरेको छ। सडक दुर्घटनालाई कम गर्ने उद्देश्य राखेर होन्डाले रेसिङका लागि उत्साहित राइडरहरूलाई आफ्नो स्किल देखाउनका निमित्त सुरक्षित मञ्च प्रदान गरेको छ।

अन्तर्राष्ट्रिय स्पोर्टिङ कोड, नेपाल अटोमोबाइल स्पोर्टस एसोसिएसन  नेपाल मोटरसाइकल फेडेरेसनअन्तर्गत आयोजित यस च्याम्पियनसिप मोटो जिपी र डब्लुएसबिके रेसिङ फर्म्याटमा आधारित थियो। उक्त फम्र्याटअन्तर्गत राइडरहरूलाई आफ्नो रेस स्थानअनुसार अङ्क दिइएको थियो र सबैभन्दा बढी अंक संकलन गर्ने राइडरले शीर्ष स्थान प्राप्त गरेका थिए। उक्त च्याम्पियनसिप होन्डा सिआरबी २५० आर र होन्डा १४९–१६५ सिसि( सिबी हर्नेट १६० आ, एम्स ब्लेड १६० र युनिकर्न १६०) गरी २ विभिन्न भागमा विभाजित  थियो। 

फागुन २४ गते सुरु भई २५ गते सम्पन्न फाइनल रेसमा उजेन बताजुले होन्डा सिआरबी २५० आर अन्तर्गत फास्टेस्ट ल्याप रेकर्ड राख्न सफल भएका थिए भने होन्डा १४९–१६५ सिसिअन्तर्गत राजकुमार कार्कीले फास्टेस्ट ल्याप टाइममा रेस पूरा गरेका थिए। 

फाइनल रेसमा, उजेन बताजुले पहिलो स्थान हात पार्दा रामविक्रम थापा दोस्रो र विभेस श्रेष्ठ तेस्रा भए। तेस्रो रेसबाट ५८ अंक संकलन गरी विभेस श्रेष्ठ होन्डा नेपाल ड्रिम कप सिजन १ को च्याम्पियन बन्न सफल भए। त्यसै गरी आशिक लामा ३७ अङ्कका साथ उक्त च्याम्पियनसिपका उपविजेता बने। यसका साथै विभेस श्रेष्ठ र आशिक लामाले अगामी होन्डा इन्डिया ड्रिम कपमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरे। 

प्रतिस्पर्धात्मक १४६–१६५ सिसि विधामा राजकुमार कार्कीले पहिलो स्थान प्राप्त गर्दा सुजय गोपालीले दोस्रो र लक्ष्मणविक्रम थापाले तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए। ५० अंकका साथ राजकुमार कार्की १४६–१६५ विधाअन्तर्गत विजेता घोषित भएका थिए।

प्रकाशित: १ चैत्र २०७५ ०४:२४ शुक्रबार

होन्डा_नेपाल_ड्रिम_कप_२०१९ नेपाल सडक_दुर्घटना राइडर