खेल

बार्यनलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम ८ मा

काठमाडौं – जर्मन क्लब बार्यन म्युनिखलाई ३–१ ले पराजित गर्दै इङ्लिस क्लब लिभरपुल च्याम्पिन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति बार्यनको घरेलु मैदानमा भएको सम्पन्न प्रिक्वाटरफाइनलको दोस्रो लेगमा साडियो मानेले २ गोल गरेपछि लिभरपुलले अन्तिम ८ को यात्रा पक्का गर्यो। 

लिभरपुलको मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो। खेलको २६ औं मिनेटमा भर्जिल भान डिकको पासलाई सदुपयोग गर्दै मालेले लिभरपुललाई अग्रता दिलाएका थिए। ३९ औं मिनेटमा लिभरपुलका जोइल माटिपले आत्माघाति गोल गरेपछि खेल एक–एकको बराबरीमा पुगेको थियो।

६९ औं मिनेटमा जेम्स मिल्नरको कर्नरमा भान डिकले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए। त्यस्तै ८४ औं मिनेटमा मानेले ब्याक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै लिभरपुलको जित पक्का गरे।

जितसँगै च्याम्पियन्स लिग क्वाटरफाइनलमा ४ इङ्लिस क्लब पुगेका छन्। सन् २००९ यता ४ वटा टिम अन्तिम आठमा पुगेको यो पहिलो पटक हो। यसपटक लिभरपुलसँगै म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनह्यामले अन्तिम ८ को यात्रा तय गरेका छन्। 

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०५:३७ बिहीबार

बार्यन_म्युनिख साडियो_माने च्याम्पिन्स_लिग फुटबल अन्तिम_८