खेल

साल्केमाथि फराकिलो जितका साथ म्यानचेस्टर सिटी अन्तिम ८ मा

काठमाडौं – जर्मन क्लब साल्केलाई समग्रमा १०–२ गोलले पराजित गर्दै इङ्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा सिटीले साल्केलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्यो।

साल्केको घरेलु मैदानमा भएको पहिलो लेगमा पनि सिटीले साल्केमाथि ३–२ को जित निकालेको थियो। जसका कारण सिटी १०–२ गोलका साथ अन्तिम ८ मा प्रवेश गर्न सफल भयो। सिटीको जितमा सर्जियो अग्युइरोले खेलको ३५ र ३८ औं मिनेटमा गरि २ गोल गरे।

त्यस्तै ४२ औं मिनेटमा लिरोइ साने, ५६ औं मिनेटमा रहिम स्ट्रलिङ, ७१ औं मिनेटमा बेर्नान्ड सिल्भा, ७८ औं मिनेटमा फिल फोडेन र ८४ औं मिनेटमा गाब्रियल जिससले गोल गरे। प्रतियोगिताको क्वार्टरफाईनलको ड्र आगामी शुक्रबार हुनेछ।

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०४:३२ बुधबार

म्यानचेस्टर_सिटी फराकिलो_जित च्याम्पियन्स_लिग क्वाटरफाइनल