खेल

टोटेनह्याम च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं – जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ४–० ले स्तब्ध पार्दै इङ्लिस क्लब टोटेनह्याम च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा ३–०को जित निकालेको टोटेनह्याम दोस्रो लेगमा १–० ले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गर्यो।

मंगलबार राति डर्टमण्डको मैदानमा भएको खेलमा टोटेनह्याको जितमा एकमात्र निर्णायक गोल खेलको ४८ औं मिनेटमा ह्यारी केनले गरेका थिए। टोटेनह्याम सन् २०११ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो। यो गोलसँगै केन युरोपियन प्रतियोगितामा टोटेनह्यामबाट धेरै गोल गर्ने पहिलो खेलाडी बनेका छन्। उनले कुल २४ गोल गरेका छन्।

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०४:३० बुधबार

टोटेनह्याम च्याम्पियन्स_लिग फुटबल