खेल

तेक्वान्दोमा नेपालकी मेलिसालाई स्वर्ण

काठमाडाैं - नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेकी छन्। मेलिसाले महिला एक पुम्सेमा स्वर्ण जितेको मेलिसाका प्रशिक्षक मनोज खड्गीले जनाएका छन्। मेलिसाले क्वाटरफाइनलमा हङकङकी इम्मी, सेमिफाइनलमा इन्डोनेसियाकी लिन्डा र फाइनलमा फिलिपिन्सकी इभालाई पराजित गर्दै स्वर्ण जितेकी हुन्।

हङकङमै भएको यसै प्रतियोगिताको सातौं र नवौं संस्करणमा पनि मेलिसाले नेपाललाई स्वर्ण दिलाएकी थिइन्। ती संस्करणमा मेलिसाले ग्योरोगीतर्फ ४५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन्। आठौं संस्करणमा भने मेलिसाले सहभागिता जनाइनन्।

प्रकाशित: १९ फाल्गुन २०७५ १२:२५ आइतबार

तेक्वान्दो मेलिसा_खड्गी स्वर्ण