खेल

म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं– म्यानचेष्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति सम्पन्न खेलमा सिटीले वर्नमाउथलाई १–० को झिनो अन्तरले पराजित गर्यो।

वर्नमाउथको घरेलु मैदानमा सम्पन्न खेलमा सिटीको जितमा एकमात्र निर्णायक गोल खेलको ५५ औं मिनेटमा रियाद माहरेजले गरेका थिए। उनको जारी सिजन यो ११ औं गोल हो। सिटीको जितसँगै प्रिमियर लिगको उपाधि दौड थप रोमाञ्चक बनेको छ।

सिटीको २९ खेलबाट ७१ अंक छ। १ खेल कम खेल्दै दोस्रो स्थानमा रहेको लिभरपुलको ६९ अंक छ। लिभरपुलले आज राति एभर्टनसँग खेल्नेछ। पराजित वर्नमाउथ ३४ अंकका साथ १२ औं स्थानमा छ।

राति नै सम्पन्न अन्य खेलमा क्रिष्टल प्यालेसले बर्नलेलाई ३–१, ब्राइटनले हडल्सफिल्डलाई १–० तथा वल्भरह्याम्टनले कार्डिफ सिटी र वेष्टह्यामले न्यूक्यासललाई समान २–० गोलले पराजित गरेका छन्। 

प्रकाशित: १९ फाल्गुन २०७५ ०५:३० आइतबार

इङ्लिस_प्रिमियर_लिग म्यानचेष्टर_सिटी रियाद_माहरेज