खेल

रियललाई स्तब्ध पार्दै बार्सिलोना कोपा डेल रे फुटबलको फाइलनमा

काठमाडौं – बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न दोस्रो लेगको खेलमा चिरपरिचित टोली रियल मड्रिडलाई ३–० ले हराउँदै बार्सिलोना उपाधि नजिक पुगेको हो।

घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोनाले रियललाई १–१ को बराबरीमा रोकेको थियो। योसँगै बार्सिलोना समग्रमा ४–१ को जित निकाल्दै फाइनलमा प्रवेश गर्यो। बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गर्दा राफायल रियलका भारानेले एक आत्माघाति गोलको उपहार दिएका थिए।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५० औं मिनेटमा डेम्बेलेको पासमा लुइस स्वारेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ६९ औं मिनेटमा रियलका भारानेले आफ्नै पोष्टमा गोल गरेपछि उपहार गोल मार्फत बार्सिलोनाले अग्रता दोब्बर बनायो।

७३ औं मिनेटमा फेरि स्वारेजले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। त्यसपछि कुनै गोल नभएपछि रियल सेमिफाइनलबाट बाहिरिन पुग्यो। अब उपाधिका लागि बार्सिलोनाले भ्यालेन्सिया र रियल बेटिसबीचको बिजेतासँग खेल्नेछ।

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:१५ बिहीबार

बार्सिलोना कोपा_डेल_रे फाइनल रियल_मड्रिड