खेल

पिएसजीको जितमा एम्बाप्पेको २ गोल

काठमाडौं – फ्रान्सेली लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले निम्सलाई ३–० ले पराजित गरेको छ। शनिबार राति भएको खेलमा पिएसजीको जितमा युवा फरवार्ड केलियन एमबाप्पेले २ तथा क्रिस्टोफर एनकुन्कुले १ गोल गरे।

खेलको ४० औं मिनेटमा एनकुन्कुले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेको पिएसजीका एमबाप्पेले ६९ औ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। त्यस्तै एमबाप्पेले नै खेल सकिन एक मिनेट बाँकी छदाँ ब्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजीले निम्समाथि सहज जित निकाल्यो।

जितसँगै पिएसजीले २५ खेलबाट ६८ अंक जोडेको छ। पराजित निम्स ३६ अंकसहित तालिकाको ११ औ स्थानमा छ। पिएसजीले दोस्रो स्थानको लिलीसँगको अंक दुरी १७ अंकमा पुर्याएको छ। लिलीको २६ खेलबाट ५१ अंक छ।

प्रकाशित: १२ फाल्गुन २०७५ ०५:३३ आइतबार

पिएसजी लिग_वान फुटबल केलियन_एमबाप्पे निम्स